कोरोना असर : टिभी किन्न मंगलसुत्रको धितो, कारण यस्तो !

एजेन्सी । कोरोना भाइरस लकडाउनका कारण देशभरका स्कूल र कलेजहरू धेरै महिनादेखि बन्द गरिएका छन् । यस्तो अवस्थामा बच्चाहरू टिभी र अनलाइन कक्षामार्फत अध्ययन गरिरहेका हुन्छन् । यस्तो अवस्थामा एक महिलाले आफ्नोको बच्चाको पढाईका लागि आफ्नो घाटीमा भएको मंगलसुत्र धितो राखेर टिभी किनेकी छन् ।

आफ्ना बालबालिकाको पढाईका लागि उनले मंगलसूत्र धितो राखेर टिभी किनेकी हुन् । यो घटना भारतको कर्नाटकको गाडाग जिल्लाको हो । गाडागको नगनूर गाउँमा बस्ने कस्तुरी चालवाडीले १२ ग्राम सुनको मंगलसुत्र धितो राखेर उनका चार बच्चाहरूको शिक्षाको लागि एउटा टेलिभिजन सेट किनेकी हुन् ।

कस्तुरीले लकडाउनको समयमा आफ्ना केटाकेटीहरू भारतीय टेलिभिजन दूरदर्शनमा प्रसारित कक्षाहरू पढ्न र हेर्न सकून् भनेर यसो गरेकी हुन् । जब जिल्लाका तहसीलदारले यो सूचना पाए, उनले यसबारे अनुसन्धान गर्न अधिकारीहरूलाई गाउँमा पठाए ।

घटना चर्चित भएपछि मंगलसुत्र धितोमा राखेर ऋण दिने व्यक्ति मंगलसुत्र फिर्ता गर्न तयार भए । ऋण दिने व्यक्तिले कस्तुरीको परिवारलाई पैसा फिर्ता गर्न सक्षम भए पछि फिर्ता गर्न भने ।

कस्तुरी चालवाडीले खुशी व्यक्त गरिन्, किनभने अब उनका बच्चाहरु दूरदर्शन हेरेर अध्ययन गर्छन् । ‘हामीसँग टिभी थिएन, केटाकेटीहरू अरूको घरमा जान्थे । बच्चाहरूको भविष्य खतरामा थियो ।’ उनले भनिन्, ‘त्यसैले मैले सोचें कि म मंगलसुत्र धितो राखेर टिभी ल्याउने छु ।’

कस्तुरीका पति मुत्तप्पा दैनिक ज्यालामा काम गर्ने मजदुर हुन् । उसले कोरोनाका कारण कुनै काम पाइरहेका थिएनन् । उनीहरूका बच्चाहरू कक्षा ७ र ८ मा अध्ययन गरिरहेका छन् ।

घटना सार्वजनिक भएपछि स्थानीयले उनीहरुलाई टिभी किन्नका लागि पनि पैसा संकलन गरे । यस्तै कांग्रेसका विधायक जमीर अहमदले ५० हजार र मन्त्री सीसी पाटिलले परिवारलाई २० हजार रुपैयाँ दिए । कस्तुरीको परिवार यस प्रकारको समर्थनले धेरै खुसी छ ।

प्रतिक्रिया दिनुहोस