चर्चित हाँस्यकलाकार देवीराम पराजुली ‘भोकलाग्यो’लाई कोरोना संक्रमण

काठमाडौँ । चर्चित हाँस्यकलाकार देवीराम पराजुली भोकलाग्योलाई कोरोना संक्रमण भएको छ । आँफुलाई कोरोना संक्रमणको पुष्टि भएको जानकारी दिँदै भोकलाग्योले सामाजिक संजाल मार्फत आफ्ना फ्यान र शुभचिन्तकलाई जानकारी गराएका छन् ।

जिरे खुर्सानीमा भोक लाग्यो भूमिकामा अभिनय गरेर चर्चामा आएका कलाकार भोकलाग्यो अहिले आराम गरिरहेको र आँफुलाई सुधार हुँदै गएको उल्लेख गरेका छन् ।

उनले कोरोना लागेको समयमा केही असहज भएको भएता पनि अहिले भने आँफुमा आत्मविश्वास बढेको र कोरोनालाई जित्ने प्रतिक्षामा रहेको उनले सामाजिक संजालमार्फत जनाएका छन् । हेर्नुहोस् उनले पोष्ट गरेको स्टाटस जस्ताको त्यस्तै

प्रतिक्रिया दिनुहोस