हेर्नुहोस् कति छ आज सुनचाँदीको भाउ ?

काठमाडौं- नेपाली बजारमा आज सुन चाँदीको मूल्य स्थिर छ । आज सुन ९६ हजार ५ सयमा कारोबार भइरहेको छ ।

गत हप्ता आइतबार तोलामा ३ सयले घट्दै सुन ९६ हजार १ सयमा कारोबार भयो । सोमबार पनि सोही मूल्यमा कारोबार भइरहेको सुन मंगलबार पुनः ३ सयले घटेको थियो ।

बुधबार भने एकै दिन ६ सयले बढ्दै सुन ९६ हजार ४ सयमा कारोबार भएको थियो । विहिबार सुन ९६ हजार ८ सयमा कारोबार भयो भने शुक्रबार ९६ हजार ५ सयमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजावी सुनको मूल्य ९६ हजार निर्धारण गरिएको छ ।

त्यस्तै, चाँदीको मूल्य आज प्रतितोला १ हजार ३१० कायम रहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस