कोरोनाको डरले शिवलिंगमा पनि मास्क !

एजेन्सी । चीनको वुहानबाट शुरू भएकाे कोरोना भाइरस अहिलेसम्म विश्वका १ सय १० भन्दा बढी राष्ट्रमा फैलिसकेको छ। भाइरस संक्रमणबाट विश्वभर झण्डै चार हजारकाे संख्यामा मानिसहरूको मृत्यु भइसकेको छ भने १ लाख १० हजारभन्दा धेरै मानिसमा यसकाे संक्रमण देखिएको छ । विश्वव्यापीरुपमा त्रास फैलाइरहेको कोरोना भाइरस (कोभिड–१९) को डरले मानिसहरुको मनमा डेरा जमाएको छ । के भगवान पनि कोरोना भाइरससँग डराउँछन् ? भारतमा एउटा आश्चर्यजनक घटना सामुन्ने आएको छ ।

वाराणसीको एक मन्दिरमा शिवलिङ्गमा नै मास्क लगाइएको तस्विर सार्वजनिक भएको छ। मन्दिरका पुजारी कृष्ण आनन्द पाण्डेले भाइरसको संक्रमणको त्रास बढेको भन्दै भगवान विश्वनाथको अनुहारमा मास्क लगाइ दिएको बताए।

उनले भाइरस संक्रमणको डरले मन्दिर आउने भक्तजनहरुलाई मूर्तिलाई नछुन समेत आग्रह गरेका छन्। उनले भने, ‘देशभर कोरोना भाइरसको संक्रमण फैलिरहेको छ। त्यसैले जनचेतना फैलाउनका लागि हामीले भगवानको अनुहारमा मास्क लगाइदिएका हौं। हामीले भक्‍तजनहरुलाई समेत मूर्तिलाई नछुन भनेका छौं। यदि उनीहरुले मूर्तिलाई छोए भने भाइरस अरुमा सर्न सक्ने अवस्था हुन्छ।’ अहिले पुजारी र भक्तजनहरुले मास्क लगाएर विश्वनाथको पूजा गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस