भक्तपुरको घटना सेलाउन नपाउदै काठमाडौंमा अर्को घटना, घरभित्र पुरुषको शव फेला

काठमाडौं – काठमाडौको नयाँपाटीको एक घरमा मृत अवस्थामा एक पुरुषको शव फेला परेको छ । शव फेला पर्नेमा खोटाङ घर भएका ४१ वर्षीय पासङ शेर्पा रहेका छन् । उनी आरुबारीमा डेरा गरी बस्दै आएका थिए ।

आइतबार नयाँपाटीमा महिलाको कोठामा मृत अवस्थामा फेला परेका ती पुरुषको के कारणले मृत्यु भएको भन्ने बारे खुलेको छैन । प्रहरीले ती पुरुषले राति मापसे गरेको देखिएको बताएको छ ।
मृतक पुरुषको शरिरमा भने कुनै चोटपटक देखिएको छैन । घटनाको अनुसन्धानको लागि प्रहरीले एक महिलालाई नियन्त्रणमा लिएको जनाइएको छ ।

ती महिलाले मृतक पुरुषलाई ट्याक्सीमा लैजान लाग्दा प्रहरी पुगेर नियन्त्रणमा लिएको जनाइएको छ । शव अहिले पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

यसअघि शुक्रबार भक्तपुरमा एकै घरका बुबा, आमा र छोराको शब घरभित्र भेटिएको थियो ।

प्रतिक्रिया दिनुहोस