यी हुन् बिश्वकै एकमात्र अनौठी बालिका जसको मुटु छाती भित्र होइन बाहिर छ , बाहिरै धड्किन्छ,

एजेन्सी – हाम्रो शरिरको निकै महत्वपुर्ण अंग हो मुटु । मुटु बिना त हामिले केहि कल्पना समेत गर्न सक्दैनौ । मुटु हाम्रो शरिरको छातीभित्र धड्किन्छ भन्ने हामि सबैलाई थाहाँ छ । छातीभित्र धड्किने मुटुलाई हामिले महसुस गरिरहेका छौ । मुटु छातीभित्र धड्किन्छ भन्ने थाहा भएका हामिहरुलाई यदि मुटु छाती भित्र नभई बाहिर नै धड्किन्छ भन्दा अनौठो त पक्कै लाग्छ । किनकी रुसमा एक यस्ती बालिका छिन् जसको मुटु छाती भित्र नभई बाहिर नै धड्किन्छ ।

रुसकी विरसाव्या’ नाम गरेकी यी बालिकाको मुटु छाती भित्र होइन की बाहिर नै छ । छातीको बाहिर मुटु भएपनी यी बालिका अन्य बालबालिका जस्तै खेल्न र काम गर्ने गर्छिन् । डाक्टरको अनुसार उनी एक विचित्र रोगको शिकार भएकी छिन् । उनी एब्डोमिनल सिंड्रोमको शिकार भएकी हुन्। यस्तो अनौठो रोग १० लाख बच्चामध्ये एकजनालाई हुने डाक्टरले बताएका छन् । बच्चा धेरै दिन बाच्न नसक्ने कुरा बुबाआमालाई थाहा भएपनि उनीहरुले भने आफ्नो हिम्मत हारेका छैनन् ।

प्रतिक्रिया दिनुहोस