जब घरवेटीले भाडा दिनु नपर्ने अफर भन्दै युवतीलाईआफ्नो कोठातिर बोलाए…..

काठमाडौ । कोरोनाको कारण सन्सार लक डाउनमा छ । अर्थ व्यवस्था चलायमान नहुँदा मानिसहरुमा पैसाको अभाव हुन थालेको छ ।

यसैबिच एक घरबेटीले भने भाडामा बस्ने युवतीलाई भाडा तिर्नु नपर्ने अफर दिएका छन् । यो घटना अमेरीकाको हो । अमेरीकाको साल्ट लेक सिटी, बेवर काउन्टीमा ४६ बर्षे पुरुष जोन ली अरेण्ड्सले भाडामा बस्न चाहने युवतीलाई यस्तो अफर गरेका हुन् ।

केयुटिभीका लागि आदम फोर्जले लेखेको समाचार अनुसार, यो घटना केही महिना अघिको हो, एक महिला आफ्नो जवान छोरीका लागि कोठा खोजिरहेकी थिइन् । अनलाइनमा कोठा भाडामा रहेको थाहा पाएर ती महिनाले जोनलाई सम्पर्क गरिन् र भाडाबारे जानकारी राखिन् ।

उनले भाडा नचाहिने, तर यौ’न का’र्य’का लागि आफ्नो कोठामा भने आउनु पर्ने बताए । महिलालाई यो कुरा स्वीकार भएन र प्रहरीलाई जानकारी दिइन् । उनले प्रहरीमा जानकारी दिएपछि ती पुरुष अहिले समातिएका छन् ।

प्रतिक्रिया दिनुहोस