लगातार घटेको सुनको मूल्य ! आज फेरी बढ्यो, हेर्नुहोस तोलाको कति पुग्यो ?

काठमाडौं । आज सुनचाँदीको भाउ बढेको छ ।

आइतबारको तुलनामा प्रति तोलामा ४०० रुपैयाँ बढेर प्रति तोला ९६ हजार ९०० रुपैयाँ तोकिएको छ भने र तेजाबी सुन प्रतितोला ९६ हजार ४०० रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

आइतबार सुन प्रति तोला ९६ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको भाउ पनि बढेको छ ।

सोमबार आइतबारको तुलनामा प्रति तोलामा १० रुपैयाँले बढेर प्रति तोला १ हजार ३ सय २० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

आइतबार चाँदीको भाउ प्रति तोला १ हजार ३ सय १० मा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस