यी महिलाको गिजाबाट उम्रियो रौँ : चिकित्सक बने हैरान !

एजेन्सी । तपाईंँको शरीरमा कयौँ ठाउँमा रौँ उम्रिन्छन् । हाम्रो शरीरका धेरै ठाउँमा रौँ उम्रिनुलाई हामीले सामान्यरुपमा लिनुपर्छ । तर मुखभित्र रौँ आएपछि भने आश्चर्य मान्न सकिन्छ । यस्तै आश्चर्यजनक घटना एक महिलाको मुखभित्र भएको छ । दाँत र गिजाकोबीचमा एक महिलाको रौँ पलाउने समस्या देखिएको छ ।

इटलीकी एक २५ वर्षीया युवतीले मुखभित्र गिजाबाट निरन्तर रौँ पलाउने समस्या लिएर चिकित्सककोमा पुगेकी छन् । यो दुर्लभ बायोलोजिकल समस्या हो । चिकित्सकले यसको कारण पत्ता लगाउन सकेका छैनन् ।

चिकित्सकहरुले पिसिओएस नामक दुर्लभ बिरामीका कारण यस्तो समस्या हुनसक्ने अनुमान गरेका छन् । तर ठोस कारणका विषयमा चिकित्सकहरु अनुसन्धानमा जुटेका छन् ।

हर्मोनमा आएको असन्तुलनका कारण निरन्तर दश वर्षदेखि ती महिलामा यस्ता समस्या देखिएको छ । यी महिलामा १५ वर्षको उमेरमा टेस्टोस्टेरोन नामक हर्मोन बढी भएको समस्या लिएर अस्पताल पुगेकी थिइन्

प्रतिक्रिया दिनुहोस