घोलमा हालियो अण्डा : निस्किए अपत्यारिलो तरिकाले माछा !

काठमाडौं । अहिले नेपालसहित संसारभर एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ । सयौँ भाइरल भिडियोकोबीचमा एक भिडियोमा हल्का सुख्खा जमिनमा अण्डा राखेपछि त्यहाँबाट फटाफट माछा निस्किएको देख्न सकिन्छ ।

सुरुमा टेक्निक टुल्स नामक सामाजिक सञ्जालबाट पोष्ट भएको यो भिडियो करोडौँले हेरिसकेका छन् । यसमा हल्का हिलो जमिनमा सानो प्वाल पारिएको र त्यसमा अण्डा घोलेर हालिन्छ । त्यस लगत्तै घोलबाट फटाफट माछा निस्किएका देख्न सकिन्छ ।

अण्डा राखेको केहीबेरमै पानी हल्याएर माछा बाहिर निस्किन्छन् । भिडियोमा दर्जनौँ माछा निकालिएको देख्न सकिन्छ । यी युवकले दन्त मञ्जन र अन्य विभिन्न तरिकाले सर्प, माछा, भ्यागुतालगायत जमिनमुनीबाट बाहिर निकाल्ने घरेलु तरिका फेसबुकमा राखेका छन् ।

अण्डा हालेर माछा निकाल्ने तरिकालाई वैज्ञानिकहरुले वैज्ञानिक भएको पुष्टि गरेका छन् । अण्डा र पेष्टका कारण माछा बाहिर निस्किएको पुष्टि भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । तर केहीले भने यसको व्यवहारिकता राम्रो नभएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस