सुन्दरता असली परिभाषा के हो ?

मान्छेले अक्सर आफुलाई सुन्दर देखाउन यत्न गरिहेका हुन्छन् । कसरी आफ्नो अनुहार, आँखामा चमक ल्याउने, कसरी कपाल नरम र बलियो बनाउने, कसरी ओंठ मुलायम बनउने, कसरी दाँत चम्किलो बनाउने, कसरी समग्र शरीरको ढाँचा आकर्षक बनाउने ?

अक्सर मन्छे आफुलाई अरुको सामुन्ने आकर्षक र भिन्न देखाउन चाहन्छन् । सबैको अगाडि आफुलाई राम्रो देखाउन चाहन्छन् । यसका लागि मान्छेले शारीरिक सरसफाईदेखि ब्युटी ट्रिटमेन्टसम्म, व्यायामदेखि खानपानसम्ममा आवश्यक सतर्कता अपनाइरहेका हुन्छन् ।

सुन्दर कसलाई भन्ने वा कस्ता व्यक्ति सुन्दर हुन् ? यसमा भूगोल, समुदाय र परिवेश अनुसार आ–आफ्नै मानक छन् । सुन्दरताको सर्वव्यापी र सर्वस्विकार्य मान्यता भने छैन । यसैले त भनिएको हो, सुन्दरता भनेको हेर्ने आँखा र बुझ्ने मनमा निर्भर गर्छ ।

यद्यपि शारीरिक नापतौल वा अनुहारको बनौट, छाला–कपालको प्रकृति अुनसार पनि सामान्यत सुन्दरताको लेखाजोखा गर्ने गरिएको छ । यस हिसाबले कोही जन्मजात नै शारीरिक हिसाबले राम्रा देखिन्छन् भने कसैले बिस्तारै आफुलाई परिमार्जन गर्छन् ।

सुन्दर कसरी बन्ने भन्ने दौडमा पुरुषभन्दा महिलाहरु अगाडि छन् । त्यही कारण महिलाहरुकै लागि सौन्दर्य प्रसाधन पनि बढी उपलब्ध छन् । उनीहरुलाई लक्षित गरेर पार्लरदेखि सौन्दर्य प्रशाधनसम्म भरिभराउ छन् ।

त्यसो त आफुलाई सुन्दर देखाउने खोजीमा मान्छेले अनेकथरी गरगहना, चस्मादेखि पहिरनसम्मको संयोजन मिलाउने प्रयास गर्छन् । तर, मेकअप, ब्युटी ट्रिटमेन्ट, गरगहना वा पहिरनको संयोजनले मात्र मान्छेलाई आकर्षक वा सुन्दर देखाउने हो ?

बलिउड फेसन डिजाइनर सब्ससाची मुखर्जीको धारणा यहाँ सान्दर्भिक हुन्छ । उनी भन्छन्, ‘ सुन्दरताको बारेमा धेरै लेखिएको छ, तर मैले अक्सर यो महसुष गरे कि सुन्दरता वास्तवमा आफु स्वयम्लाई स्वीकार गर्ने र आफुलाई सहजता बनाउने हो । जुन पल तपाईं आफुलाई लिएर सहज हुनुहुन्छ, तपाईं सुन्दर महसुष गर्नुहुनेछ ।’

सुन्दर हुनु भनेको आवरणमा आफुलाई चिरिच्याट्ट देखाउनु मात्र होइन, भित्रैबाट आफ्नो आत्मविश्वास र दृढता प्रकट गर्नु पनि हो । आत्मविश्वास र दृढताले मान्छेको व्यक्तित्व प्रभावशाली देखिन्छ । अतः खास सुन्दरता यसैमा झल्कन्छ ।

आध्यात्मिक गुरु जग्गी बासुदेवसँगको साक्षतकारमा सबसाची अगाडि भन्छन्, ‘जब तपाईं आफुलाई सहज महसुष गर्नुहुन्छ, तब तपाईंको आत्मविश्वासले अरुलाई आकर्षित गर्छ । सायद असली सुन्दरता यही हो ।’

उनलाई सोधिन्छ, ‘एक पुरुषको लागि सुन्दरता के हो ?

कसैले पनि सहज रुपमा आफुलाई स्विकार गर्छ भने उनमा सुन्दरता झल्कने सबसाचीको बुझाई छ । उनले भनेका छन्, ‘मेरो विचारमा त्यो पनि सहजता र आरम हो ।’ उनले यसलाई अरु विस्तारमा यसरी बताएका छन्, ‘हेर्नुहोस्, आजको दुनियमा हामी सबैको साथ के हुन्छ ।

म तपाईंलाई सानो उदाहरण दिन्छु । म योग गर्दिन र कामको द’बावको कारण मैले शरीरलाई एकदम हे’ला गरिरहेको छु । म ध्यानलिं’गमा बसेको थिएँ, जबसम्म घण्टी बजेन । एकपटक मैले नितान्त आफ्नै लागि पन्ध्र मिनेट बिताएको थिएँ ।

प्रतिक्रिया दिनुहोस