भोलि नै मर्दै’छु भनेर बाँच, सधैभरी बाँच्छु भनेर केही सिकः महात्मा गान्धी

भारतीय स्वतन्त्रता आन्दोलनका एक प्रमुख नेता महात्मा गान्धी हुन् । महात्मा गान्धी विश्वका महापुरूषहरू मध्ये एकमा गनिन्छन् । बेलायती सरकारको उपनिवेशका रूपमा रहेका दक्षिण अफ्रीकाको रङ्गभेद अन्त्य गर्न तथा भारतलाई स्वतन्त्र गराउन यिनको ठूलो योगदान रहेको छ ।

अहिं सावादी नेता महात्मा गान्धीको सम्मानमा उनको जन्मदिवस २ अक्टोबरलाई संयुक्त राष्ट्र संघले विश्व अहिं सा दिवसको रूपमा मनाउने गर्दछ ।

उनी सत्याग्रह का अग्रणी नेता थिए, उनको यस अवधारणालाई अहिं सात्मक आन्दोलन भनिएको छ । उनका जीवन उपयोगी भनाइहरु समेत चर्चित रहेका छन् ।

गान्धीका केही महत्वपूर्ण भनाइहरु प्रस्तुत–

१. तिमीले संसारलाई जस्तो परिवर्तित रुपमा देख्न चाहन्छौ, पहिला तिमी स्वयमं परिवर्तन हुनुपर्नेछ ।
२. यसरी बाच कि तिमी भोलि नै म’र्दैछौ । तर यसरी सिक कि तिमी सधैभरी बाच्दैछौ ।
३. मानिस आफ्नो सोचाइको उत्पादन हो, व्यक्ति त्यही बन्छ जे उ सोच्छ ।

४. यदि तिमी अल्पमतमै छौ भने पनि सत्य भनेको सत्य नै हुन्छ ।
५. जहाँ प्रेम छैन त्यहाँ जीवन पनि हुँदैन ।
६. स्वतन्त्रतता राष्ट्रको अनन्त यौ’वन हो ।

७. पुस्तक र मोतीमा यति फरक छ कि मोती बाहिर चम्कन्छ भने पुस्तक अन्तस्करणमा ।
८. कमजोरले कहिल्यै क्षमा दिन सक्दैन । क्षमादान गर्नु वलिष्ठ व्यक्तिको गुण हो ।

९. पहिला तिनीहरुले वेवास्ता गर्नेछन्, त्यसपछि तिमी उपर हास्नेछन्, त्यसपछि लड्नेछन् र अन्तमा तिमीले जित्ने छौं ।

१०. आफूलाई चिन्नका लागि सबैभन्दा उत्तम उपाय अरुको सेवामा आफूलाई समर्पित गर्नु हो ।
११. तैले मेरो आँखा फोडिस् म तेरो फो ड्छु भनेर आँखाको बदला आँखा गर्ने हो भने संसार पूरै अध्यारो हुन्छ ।

सबैको जानकारीको शेयर गर्नुहोस !!

प्रतिक्रिया दिनुहोस