श्रीमान-श्रीमती एउटै मोटरसाइकल चढ्न नपाइने कस्तो नियम……सरकार… ?

लकडाउनलाई सरकारले २९ जेठबाट केही खुकुलो बनाएको छ । लकडाउन खुकुलो बनाउने नीतिअनुसार मोटरसाइकलमा दुईजना चढ्न नदिने निर्देशन छ ।

यो नीति कार्यान्वयन गर्ने क्रममा मोटरसाइकल चालक र यात्रुमात्र होइन, ट्राफिक प्रहरी समेत ‘पी’डित’ बनेका छन् । शुक्रबार बिहानै काममा खटिएका ट्राफिकलगायतका प्रहरीहरूले यही नियमका कारण सर्वसाधारणको चर्को आ’लोचना खेप्नुपर्‍यो ।

कतिले श्रीमती वा श्रीमानलाई पछाडि राखेर मोटरसाइकल चलाएका छन् । कोही प्रहरीसँग हारगु’हार गर्दै बिरामी आफन्तलाई पछाडि राखेर अस्पताल लैजाँदै छन् । निर्देशनअनुसार त्यस्ता मोटरसाइकल रोकेपछि प्रहरीले केही न केही व्यावहारिक अ’प्ठ्यारोको सामना गर्न परिहाल्यो ।

त्यसमा पनि लामो लकडाउन र को’रोना नियन्त्रणमा सरकारको प्रभावहीनताबाट आजित बनेका सर्वसाधारण प्रहरीको टाउको दुखाइ बनेका छन् । दुईजना चढेर आएको मोटरसाइकल रोक्दा अधिकांश ट्राफिक प्रहरीले चर्को मौखिक प्रतिवादको सामना गर्नुपरेको, भ’नाभन भएको देखियो ।

यद्यपि, प्रहरीहरू संयमित भएर सम्झाइ बुझाइ गरिरहेका छन् । जे होस सरकारको अव्यवहारिक कदमले जनता र प्रहरीलाइ सा’स्ती भएको छ ।

प्रतिक्रिया दिनुहोस