ज्योतिषशास्त्र भन्छ : तीन राशिले लगाउनु हुँदैन् सुनका गरगहना, कतै तपाईको राशि त परेन !

काठमाडौं । सुनका गरगहनालाई मानिसहरुले धेरै अगाडी देखि प्रयोग गर्दै आएका छन् । सुन्दरतालाई बढावा दिन मात्र नभई धार्मिक हिसावले पनि सुनका गहनालाई शुभ मान्ने गरिन्छ। ज्योतिष शास्त्रलाई आधार मान्ने हो भने हरेक धातुको भिन्न-भिन्न ग्रहसँग सम्बन्ध हुने गर्छ। सौर्यमण्डलमा रहेका ग्रहहरुले एक व्यक्तिको शरीरमा रहेको धातु अनुसार असर देखाउन ज्योतिषशास्त्रको भनाइ रहेको छ।

कहिले काहीं शरीरमा हालत धातुका गहना रहनाले विभिन्न ग्रहको नकारात्मक असर हुने गर्छ। ज्योतिषशास्त्रका अनुसार सुनका गहनालाई लापरवाही गरेर प्रयोग गर्नु हुँदैन। सुनको गहना लगाएको कारणनै भाग्योदयमा असर पर्न सक्छ। ज्योतिष शास्त्रका अनुसार विभिन्न तीन राशि हुने व्यक्तिहरुले कहिले पनि सुनको औंठी र गहना लगाउन हुँदैन।

मेष कन्या र धनु राशि भएकाहरुले हातमा सुनका औंठी लगाउँदा मात्रै पनि प्रगतिमा वाधा पुग्न सक्छ। यी तीन राशि भएका व्यक्तिहरु आफ्नो जीवनमा दुख मात्रै पाइरहेका छन् भने हातमा भएका औंठी बेचिहाल्न उचित हुन्छ।

यसरी शरीरमा भएको कुनै पनि सुनको गहना बेच्नाले जीवनमा उर्जा थपिने ज्योतिषशास्त्रीहरुको भनाइ रहेको छ। सुन लगाउनाले यी तीन राशि हुनेहरुको घन-सम्पतिमा गलत असर र नकारात्मक उर्जा पैदा गर्ने ज्योतिषशास्त्रको मान्यता रहेको छ।

सुन प्रयोग गर्दा १३ तथ्यलाई ख्याल गर्नुस अनि कुन अंगमा सुन लगाउनु हुँदैन जानी राख्नुस

मानिसहरु सुनलाई विभिन्न गहना बनाएर लगाउने गर्छन् । सुनका गहना लगाउन मानिसहरु धेरै सौखिन हुन्छन् । पुरुष भन्दा यसको प्रयोग बढि महिलाले गरिरहेका हुन्छन् । चाडपर्व, बिबाह आदिमा महिलाहरु बढी सुन लगाउछन् ।

हरेक धातुले हाम्रो शरीरलाई कुनै न कुनै असर पारेको हुन्छ । विभिन्न घातुबाट बनेका आभूषण लगाउँदा शरीरलाई फाइदा हुन्छ ।
तर गलत तरिकाले गरगहना लगाउँदा अशुभ हुने विश्वास गरिन्छ । सुन पनि एउटा यस्तै धातु हो जसलाई लगाउन जानिएन भने संकट आइ पर्न सक्छ ।

सुन प्रयोग गर्दा तलका निम्न १३ तथ्यलाई ख्याल गर्नुपर्छ

१. देब्रे हातमा कहिल्यै सुन लगाउनु हुँदैन । यो हातमा सुन लगाउँदा समस्या आउने गर्छ ।

२. खुट्टामा सुन लगाएमा वैवाहिक जीवनमा समस्या आउने र स्वास्थ्य खराव हुने गर्छ ।

३. घरमा सुन राख्दा उत्तर–पूर्वमा रहेको कोठामा राख्नुपर्छ ।

४. सुनलाई रातो वा पहेँलो कपडामा बाँधेर राख्नुपर्छ । सुनसँग केसर राखेमा धन प्राप्ति हुने गर्छ ।

५. गर्भवती तथा वृद्ध महिलाले सुन लगाउनु हुँदैन ।

६. साइँली औंलामा सुनको औंठी लगाउने हो भने सन्तान प्राप्ति हुन्छ ।

७. ब्राह्मण, पुजारी वा गुरूलाई सुन दान गर्नुपर्छ । अपरिचित वा अप्रिय व्यक्तिबाट सुन लिनु हुँदैन ।

८. सुन भेट्टाउनु वा हराउनु दुबै अशुभ मानिन्छ । सुन हराउँदा बिरामी बिरामी भइने र भेट्टाउँदा खर्च बढ्ने गर्छ ।

९. वैवाहिक जीवनलाई सुखी बनाउनका लागि गलामा सुनको सिक्री र कान्छी औंलामा सुनको औंठी लगाउनुपर्छ ।

१०. फलाम वा कोइलाको काम गर्ने मानिसले सुन लगाउनु हुँदैन । यी व्यक्तिले सुन लगाएमा व्यापारमा नोक्सान पुग्छ । यदि पहिरिनु परेका ज्योतिषसँग सल्लाह लिनु राम्रो मानिन्छ ।

११. सुनमा सर्दी र गर्मी दुबै ऊर्जा हुन्छ । रूघा, ज्वरो आएको बेलामा कान्छी औलामा सुनको औंठी लगाउनुपर्छ । सुनपानी खाने हो भने रोग प्रतिरोधी क्षमतामा वृद्धि हुन्छ ।

१२. कम्मरमा कहिल्यै पनि सुन लगाउनु हुँदैन । कम्मरमा सुन लगाउँदा पाचन प्रणाली खराव हुने र पेटसम्बन्धी समस्या देखिने गर्छ ।

१३. पेट वा मोटोपनको समस्याबाट पीडितले कहिल्यै सुन लगाउनु हुँदैन । साथै धेरै रिसाउने मानिसले पनि सुन लगाउनु राम्रो हुन्न ।

प्रतिक्रिया दिनुहोस