आज बुधबार सुन चाँदीको भाउ स्थिर रहेको छ ।, हेर्नुहोस् कतिमा भइरहेकाे छ काराेबार ?

काठमाडौँ, ३१ भदौ । आज बुधबार सुन चाँदीको भाउ स्थिर रहेको छ । मंगलबार ९७ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउमा आज कुनै परिवर्तन भएको छैन ।

तेजावी सुनको भाउमा पनि आइतबारको तुलनामा आज कुनै परिवर्तन नभएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजावी सुन आज तोलाको ९७ हजार रुपैयाँमा कारोबार भैरहेको छ ।

त्यस्तै चाँदीको भाउ पनि आज कुनै परिवर्तन भएको छैन । आज चाँदी प्रति तोला एक हजार ३४० रुपैयाँमा कारोबार भैरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ८३ हजार ५९० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य ८३ हजार १६० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ११ सय ४९ रुपैयाँ कायम गरेको छ ।

प्रतिक्रिया दिनुहोस