गलत खानपान वा कुनै रोगका कारण धेरै मानिसलाई अल्सरको समस्या हुने गरेको छ । अल्सर विभिन्न किसिमका हुन्छन् : अमाशयको अल्सर, पेप्टिक अल्सर र ग्यास्ट्रिक अल्सर । समयमै यस रोगमा ध्यान नदिँदा क्यान्सर पनि हुन सक्छ ।
अल्सरका कारण:पेनकिलरहरूको अत्यधिक प्रयोग, चियाकफीको अत्यधिक सेवन, गरम मसलाहरू धेर खाँदा, हेलिकोबेक्ट पाइलोरी ब्याक्टेरिया, गलत खानपान, तनाव र डिप्रेसन
अल्सरको मुख्य लक्षण:खाली पेट दुख्ने, भोक नलाग्ने, दिसाबाट रगत आउने, अपच, छाती पोल्ने, पेट घरिघरि दुख्ने, पेट पोल्ने, वाकवाक आउने
केही सरल घरेलु आयुर्वेदिक उपायमार्फत तपाईं अल्सरलाई नियन्त्रण गर्न सक्नुहुन्छ । यहाँ हामी केही उपाय बताउँदैछौं ।
मुलेठी:एक गिलास पानीमा एक सानो चम्चा मुलेठीको धूलो हालेर मिसाउनुस् अनि १५ मिनेट त्यत्तिकै छोडिदिनुस् । त्यसलाई छानेर दिनमा तीनचोटि पिउनुस् । लगातार पिउँदा अल्सर निको हुन्छ ।
गाजर:गाजर र बन्दाकोभीलाई बराबर मात्रामा मिसाएर जुस निकाल्नुस् । दिनमा दुईचोटि यस जुसको सेवन दिनदिनै गर्नुस् । अल्सर नियन्त्रणमा रहन्छ ।
मेथीको दाना:एक चम्चा मेथीको दानालाई एक गिलास पानीमा उमाल्नुस् र चिसो बनाएर छान्नुस् । त्यस पानीमा एक चम्चा मह मिसाएर दिनमा एकचोटि पिउनुस् । यसले पनि अल्सर हटाउँछ ।
अमला:राति एक गिलास पानीमा दुई चम्चा अमलाको धूलो, पिँधेको सोंठ र दुई चम्चा मिश्रीको धूलो मिसाएर भिजाउनुस् । बिहान यो पानी सेवन गर्दा अल्सरको समस्या समाधान हुन्छ ।
चिसो दूध:एक कप चिसो दूधमा आधी चम्चा कागतीको रस मिसाउनुस् । दिनमा दुईचोटि यसलाई सेवन गर्नुस् । अल्सरको समस्या समाधान हुन्छ ।