एक मजदुर थिए नरहरि राई : एक कागजको टुक्राले यसरी रातारात परिवर्तन भयो जीवन

एजेन्सी । भारतको पश्चिम बंगाल सिलीगुडीका एक मजदुर रातारात करोडपति बनेका छन् । यो घटना सिलीगुडीको बलासन क्षेत्रको हो । यहाँका निवासी नरहरि राई पेशाले एक दैनिक ज्यालादारी मजदूर थिए । उनले बिहीबार एक लट्री खरिद गरे । उनलाई १ करोड ६० लाख रुपैयाँ (एक करोड भारतीय रुपैयाँ)को पहिलो पुरस्कार मिल्यो ।

आफ्नो संघर्षको कथा सुनाउँदै उनले आफु चिया पिउन बलासन बजार पुगेको र त्यहाँबाट तीन रुपैयाँको एक लट्री खरिद गरेको बताए । त्यहीँ ३० रुपैयाँले उनलाई करोडपति बनायो । पहिलो पटक उनलाई लट्री परेको बारेमा कसैले भन्यो उनले विश्वास गरेनन् । तर परिवारका सदस्यले जोडबल गरेपछि उनी बजार पुगे, वास्तवमै उनी करोडपति बनेका रहेछन् ।

राईको जीवन मात्र नभएर समग्रमा उनको परिवारको जीवन नै त्यहीँ ३० रुपैयाँले परिवर्तन गरिदियो । अब उनी निक्कै खुसी छन् । उनले आफुले जितेको रकमबाट बिकास निर्माणमासमेत सहयोग गर्ने बताएका छन् । गाउँको बिकासमा समेत सहयोग गर्ने बताएपछि राईका गाउँले पनि निक्कै खुसी भएका छन् ।

प्रतिक्रिया दिनुहोस