तीन बच्चाकी आमा प्रेमीको खोजीमा

एक महिला धेरै समयबाट धनी ब्वाइफ्रेन्डको खोजीमा थिइन् । यसको लागि महिलाले एक डेटिङ कम्पनीको महंगो सदस्यता लिइन् । धेरै समयसम्म कम्पनीले सहि पार्टनर नभेटेपछि उच्च अदालतमा मुद्दा हालेर आफ्नो खर्च फिर्ताको माग गरिन् । उच्च अदालतले डेटिङ एजेन्सीलाई महिलालाई धोका दिएको ठहर गर्दै १८ हजार १०० युरो अर्थात करीब साँढे १४ लाख रुपैयाँ क्षतिपुर्ति स्वरुप दिन आदेश दिएको छ ।

चेल्सियामा बस्ने टेरेजा बुर्कीले २०१३ मा डेटिङ कम्पनीको सदस्यता लिएकी थिइन् । उक्त समयमा उनले कम्पनीलाई १० लाख दिएकी थिइन् । टेरेजाले पार्टनरको यस्तो माग थियो्, जो एकदमै धनी होस् र विदेश यात्रा गराइदियोस् । ३ बच्चाकी आमा टेरेजाले चौथो बच्चाको बारेमा योजना बनाउने इच्छा जाहेर गरेकी थिइन् । कम्पनीले जम्मा १ सय व्यक्तिको प्रोफाइल देखाएको थियो त्यसमध्ये कसैले पनि उनको माग अनुसार आउन सकेनन् । उनले अदालतमा आफ्नो रकम र मानसिक रुपमा भोग्नु परेको दुखको क्षतिपुर्तिको माग गरेकी थिइन् ।

डेटिङ एजेन्सीका सस्थापक सुसी एम्ब्रोसले महिलाले राखेको माग सपना जस्तो थियो र महिलाको प्रोफाइल धेरैलाई देखाएपनि कसैले चासो नलिएको बताएका छन् । अदालतले महिलालाई १० लाख रुपैया फिर्ता दिन र अन्य दुःखको लागि ५ सय युरो दिन आदेश दिएको छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस