बाख्राको दुधको फाइदा: खतरनाक भा’इरसबाट समेत रक्षा !

हामी सबैलाई नै थाहा होला कि दुधको सेवन गर्नु हाम्रो स्वास्थको लागि निकै राम्रो हुन्छ| दुधमा क्याल्सियम, आयोडिन, पोटाशियम, फोस्फोरस र भिटामिन गुणहरू हुन्छन् जसले हाम्रो शरीरलाई धेरै लाभ गर्छ। दुधमा पाइने पोषक तत्वले हाम्रो शरीरको रोग प्रतोरोधात्मक शक्ति मजबूत बनाउँछ |

तर प्राय: मानिसलाई यो कुरा थाहा हुँदैन कि गाई, भैंसी वा बाख्राको दुध मध्ये के को दुध सबैभन्दा पोसिलो हुन्छ |

रोयल मेलबर्न इन्स्टिच्यूट अफ टेक्नोलोजीमा विभिन्न प्रकारका दुधका फाइदाहरूमा एउटा ठूलो अध्ययन गरिएको छ। विज्ञहरु भन्छन् कि गाई, बाख्रा र भैंसेको दुध एक अर्का भन्दा फरक हुन्छ। यस अध्ययनमा बाख्राको दूधको बारेमा धेरै आश्चर्यजनक तथ्यहरू पत्ता लागेको छ। बाख्राको दुधले हाम्रो शरीरलाई ख’तरनाक भा’इरसबाट जोगाउँनुको साथै मोटोपना घटाउछ |

गाईको दुधको फाइदा

गाईको दुधमा भिटामिन बी २ र बी १२ भरपूर मात्रामा पाइन्छ | साथै प्रोटिन, क्याल्शियम, एन्टि-अक्सीडेन्ट र जिंक जस्ता पोषक तत्व पनि गाईको दुधमा पाइन्छ। | जिम जानेहरूका लागि गाईको दुध धेरै फाइदाजनक हुन्छ। यसको साथै, यसले शरीरको मांसपेशी र टिश्यू निर्माण गर्न सहयोग गर्छ। क्यान्सर, एच.आइ.भी, उच्च रक्तचापका साथै हृदय सम्बन्धि बिमारीबाट पनि बचाउँछ |

भैंसीको दुधको फाइदा

भैंसीको दुधमा पोटाशियम, सोडियम, प्रोटिन , कोलेस्ट्रोल अत्याधिक मात्रामा पाइन्छ | भैंसीको दुध पीसीएडी, उच्च रक्तचाप, मिर्गौला रोगको रक्षा गर्न धेरै फाइदाजनक हुन्छ। प्रोटिनको मात्रा अत्याधिक हुने भएकोले भैंसीको दुध बच्चाको लागि निकै लाभदायक हुन्छ | तर,बुढाबुढिले भने भैंसीको दुध सेवन गर्नु हुँदैन किनभने यसमा भएको प्रोटिनको मात्रा उनीहरुले पचाउन सक्दैनन् |

बाख्राको दुधको फाइदा
बाख्राको दुधमा भिटामिन ए को मात्रा गाई र भैंसीको दुधमा भन्दा बढि हुन्छ | बच्चाहरुको लागि बाख्राको दुध निकै फाइदाजनक हुन्छ | नवजात शिशु पनि बाख्राको दुध सेवन गर्न सक्छ | यसले उनीहरुको मानसिक विकास छिटो र राम्रोसँग हुन्छ | फोस्फोरसको मात्रा बाख्राको दुधमा अत्यादिक हुन्छ जसले रोग प्रतिरोधात्मक शक्ति बढाउँन मद्दत गर्छ |

प्रतिक्रिया दिनुहोस