आज नायिका नम्रता सापकोटाको जन्मदिन, कती बर्षकी भइन् उनी ?

पोखरा – फिल्म ‘अन्तराल′बाट फिल्मी यात्रा थालेकी नायिका तथा मोडल नम्रता सापकोटाको आज जन्मदिन हो । सेप्टेम्बर १९ १९९२ मा जन्मिएकी नम्रता २८ बर्ष पुरा भएकी छन् ।

जन्मदिनको अवसरमा बिहानैदेखि उनलाई आफन्त, शुभचिन्तक र फ्यानले शुभकामना दिइरहेका छन् । नेपाली चलचित्र, म्युजिक भिडियो लगायत तीजका थुप्रै गीतमा काम गरिसकेकी नम्रता फिल्म ‘छक्का पन्जा’ को विष्णु चरित्रबाट थप चर्चामा आइन् ।

चलचित्रमा भन्दा म्यूजिक भिडियोमा बढी व्यस्त छिन् नम्रता । उनी लगातार जसो सामाजिक संजालामा सुन्दर तस्बिर शेयर गरेर फ्यानसँग जोडीरहेकी हुन्छिन् ।

प्रतिक्रिया दिनुहोस