वर्षौं पहिलेको सुनका सिक्का भेटिएपछि…

आफ्नो देशको गौरवशाली इतिहासका बारेमा जान्दा सबै रोमाञ्चित हुने गर्दछन् । अझ इतिहासमा सुनको सिक्काले भरीएको गाडधन भेटिएको भए प्रसंग निकै रोचक हुन्छ । यस्तै भएको छ, इजरायलमा ।

इजरायल पुरावशेष प्राधिकरण (इजरायल एन्टिक्विटिज अर्थरिटिज)ले सार्वजनिक गरेको सुचना अनुसार यस देशका केहि स्वयम्सेवक युवाले हजारौ बर्ष पुरानो खजानाको खोज गरेका छन् । उक्त खजानामा सयौं बर्ष पुरानो सुनको सिक्का रहेको छ ।

भेटिएको सुनको सिक्काको मात्रा निकै धेरै रहेको खबर बाहिरिए पनि कति मात्रामा सिक्का थिए भन्नेबारे भने सुचना सार्वजनिक गरिएको छैन । भेटिएको सुनको बोरामा ४२५ भन्दा बढि सिक्का रहेको बताइएको छ ।

सयौं बर्ष पहिले कसैले एक मैदानमा निकै गहिरो खाल्डो खनेर गाडेको अवस्थामा रहेको सुनको सिक्कालाई इजरायलका युवा स्वयम्सेवकले उत्खनन गरेका हुन् । खजाना फेला परेसंगै सिक्काको अध्ययन थालिएको छ ।

प्रतिक्रिया दिनुहोस