श्रीमानको मृत्यु भएको १० वर्षपछि महिलाले जन्माइन बच्चा: विज्ञानको नयाँ चमत्कार

एजेन्सी । एक महिलाले आफ्नो श्रीमानको मृत्यु भएको १० वर्षपछि एक बच्चा जन्माएकी छन् ।

बेलायतकी एन्जेलिन लेकी जेम्स नामक महिलाले श्रीमान क्रिसको मृत्यु भएको १० वर्षपछि बच्चा जन्माएकी हुन् । उनका श्रीमानको क्यान्सरका कारण मृत्यु भएको थियो ।

एन्जेलिनले श्रीमानको मृत्यु हुनु पहिले नै स्पर्म जम्मा गरेको र त्यसैको सहायतामा गर्भधारण गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । एन्जेलिनले जम्मा गरेको स्पर्मबाट दुई पटक बच्चा जन्माउन सफल भएकी छन् ।

बेलायती सञ्चार माध्यमले श्रीमानको मृत्यु भएको १० वर्षपछि सफलतापूर्वक बच्चा जन्माएको घटनालाई चमत्कार भनेका छन् ।

एन्जेलिन र क्रिसले सन् २००७ मा विवाह गरेका थिए । क्रिसको सन् २००८ मा २९ वर्षको उमेरमा मृत्यु भएको थियो । आफ्ना श्रीमानले हरेक समयमा आफ्नो वंशजको चिन्ता गर्ने गरेकाले आफूले स्पर्म जम्मा गरेको एन्जेलिनले बताएकी छन् ।

मृत्युपछि पनि क्रिसको चाहना बाबु बन्ने रहेको थियो । उनको पाँच सन्तान जन्माउने चाहना थियो । त्यसैले आफूले स्पर्म जम्मा गरेको एन्जेलिनले बताएकी छन् ।

एन्जेलिनले श्रीमानको मृत्युपछि पहिलो पटक सन् २०१३मा गर्भधारण गरेकी थिइन् । त्यसको ठिक पाँच वर्षपछि उनले फेरि अर्को शिशुलाई जन्म दिएको बेलायती सञ्चारमाध्यमले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस