मोबाइल हरायो, अब चिन्ता नलिनु यस्तो छ आफैंले भेट्टाउने उपाय

काठमाडौं – अनेकौं तनावले मोबाइल फोन कतै राखेर विर्सने तथा हराउने आम नेपालीको समस्या हो ।

कतिपयले जानाजानी दुःख दिनकै लागि समेत मोबाइल लुकाइदिन्छन् । यस्तो अवस्थामा तपाई आफैंले हराएको मोबाइल भेट्टाउन सक्नुहुन्छ।
हराएको मोबाइल खोजी गर्ने एउटा साधन तपाईसँग उपलब्ध भएमा तत्कालै भेट्न सकिने भएको छ । मोबाईल फोन बनाउने कम्पनी मोटोरोलाले एक की-चेन (साँचोको गुच्छा) सार्वजनिक गरेको छ ।

जसले मोबाइल खोज्न तपाईँलाई मद्धत गर्दछ । त्यसका साथै यदि तपाईँको साँचो हराएको छ तर मोबाइल साथमा छ भने पनि मोबाइलले यो साँचोको गुच्छा (की चेन) लाई पत्ता लगाउने छ ।
यो की लिंकलाई तपाईँले आफ्नो स्मार्टफोनका साथ कनेक्ट (पेयर) गर्न सक्नुहुनेछ । यसपछि जहिले तपाईँले आफ्नो मोबाइल कतै राखेर बिर्सनु भएको छ भने यो साँचोको गुच्छाको मद्धतले त्यसलाई खोज्न सक्नुहुनेछ ।

यदि तपाईँले साँचोको गुच्छा नै बिर्सनु भयो भने पनि केहि छैन तपाईँले स्मार्टफोनद्धारा त्यसलाई खोज्नसक्नु हुनेछ । यो की लिंकको बजार मूल्य २४.९९ अमेरिकी डलर अर्थात करिब २४ सय नेपाली रुपैंया तोकिएको छ ।

यो साँचो मोटोरोलाको आधिकारीक साइट मोटोरोला डटकमबाट पनि खरिद गर्न सकिनेछ ।कम्पनीकाअनुसार यो साँचोको गुच्छाको ब्याट्रीले एक वर्षसम्म काम गर्दछ, जुन आवश्यक परेमा सजिलैसँग साधारण क्वाइन सेल ब्याट्रीद्धारा परिवर्तन गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस