सरकारी कार्यालयका हाकिम ११ लाख पैसा बोकेर होटलमा केटीसंग म’स्ती गर्न पुग्दा….

काठमाडौं । ठूलो रकम बोकेर युवती सहित होटलमा म’स्ती गर्न पुगेका सरकारी कार्यालयका निमित्त प्रमुख पक्राउ परेका छन् । सुन्धारास्थित ईशान होटलमा म संग ११ लाख रुपैया छ भन्दै ाफैले ह ल्ला गरेपछि कसैले सुटुक्क प्रहरीलाई फोन गरिदिएको थियो । यो पैसा महानिर्देशकलाई दिने हो भन्दै महाकाली सिँचाई आयोजनाका निमित्त प्रमुख प्रचण्डदेव विष्ट ह ल्ला गरिरहेका थिए । उनीसंग एक जना युवती पनि थिइन् ।

यस्तो ह ल्ला गरेपछि होटलवाटै कसैले प्रहरीलाई फोन गरिदिए । तत्काल पुगेको प्रहरीले उनीसंग रहेकी युवती र श्रोत नखुलेको ११ लाख रुपैया सहित पक्राउ गरेको छ । बुधवार मध्यराती होटलमा म संग ११ लाख छ भन्दै ह ल्ला गर्दा सरकारी कार्यालयका हाकिम यसरी अप्ठेरोमा परेका छन् ।

महानगरीय प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरी टोलीले महाकाली सिँचाई आयोजनाका निमित्त प्रमुख प्रचण्डदेव विष्टलाई पक्रियो । युवतीको साथमा होटलमा मस्ति गरिरहेका विष्टको साथबाट प्रहरीले स्रोत नखुलेको ११ लाख रुपैयाँ बरामद गरेको प्रहरीले जनाएको छ ।

बरामद गरिएको ११ लाखसहित उनलाई प्रहरीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयमा बुझाएको छ । दार्चुला घर भएका ५१ वर्षीय प्रचण्डदेव विष्टलाई नियन्त्रणमा लिईएको पुष्टि गर्दै अख्तियारका प्रवक्ता (सहसचिव) तारानाथ अधिकारीले भने घटनाको अनुसन्धान भइरहेको बताएका छन् । उनले ११ लाख रुपैयाको श्रोत अहिले सम्म नखलेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस