लाखौ पुगेको सुनको मुल्य, आज सोच्नै नसकिने गरि घट्यो !

काठमाडौँ । सुन र चाँदीको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य तोलामा ४ सयले घटेर प्रतितोला ९३ हजार १ सयमा कारोबार भइरहेको छ । यसअघि सुन तोलाको ९३ हजार ५ सयमा कारोबार भएको थियो । त्यस्तै तेजावी सुनको मुल्य प्रतितोला ९३ हजार १ सयमा कारोबार भइरहेको छ । त्यसैगरी चाँदीको मुल्य तोलामा ३० रुपैयाँले घटेर तोलाको ११ सय ३० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

त्यस्तै अर्को समाचार, देशका पहाडी गाउँबस्तीमा पछिल्लो समय पहिरो निम्त्याउने मुख्य कारक मानिएको डोजर आ’तङ्कबारे संसदीय समितिमा फेरि ग’म्भीररूपले प्रश्न उठेको छ । हुम्ला जिल्लाबाट प्रतिनिधित्व गर्नुहुने सांसद रङ्गमती शाहीले डोजरको जथाभाबी प्रयोगले गाउँबस्तीमा एकपछि अर्काे गर्दै पहिरो गइ सन्त्रास बढाएको हुँदा यसलाई कसरी नियन्त्रण गर्ने भन्ने अहिले ठूलो चि’न्ताको विषय बनिरहेको बताउनुभयो ।

प्रतिनिधि सभा विकास तथा प्रविधि समितिको बुधबारको बैठकमा सांसद शाहीले भन्नुभयो, ‘पहिरोबाट यस वर्ष ठूलो जनधनको क्ष’ति भएको छ, विकासका नाममा वातावरण, भूक्षय, लागत एवं योजनाको लेखाजोखाविना होडबाजीका रूपमा अन्धाधुन्ध पाखो र भित्तो भ’त्काउने कार्यले पहिरोका घ’टना ह्वात्तै बढेको छ, यो ठूलो चिन्ताको विषय हो ।’ देशका विभिन्न भागमा यस वर्षको पहिरोमा मात्रै सयौँले ज्या’न गु’माउनुपरेको घ’टनाको विवरण सुनाउँदै उहाँले स्थानीय जनप्रतिनिधिकै संलग्नतामा यस्तो कार्य भइरहेको दा’बी गर्नुभयो।

अहिले गाउँगाउँमा विकासका लागि भनेर बाटो खन्ने लहर चलेको भए पनि योजना विना जथाभाबी डोजरको प्रयोग गरी बाटो बनाउने अभियानले तत्कालका लागि विकास भएजस्तो देखिए पनि दीर्घकालीनरूपमा यो दिगो र जनताको हितमा नहुने समितिको ठहर छ । सिन्धुलीबाट प्रनितिधित्व गर्नुहुने सांंसद गणेशकुमार पहाडी भन्नुहुन्छ, देशका अहिले ८५ हजार किलोमिटर ग्रामीण सडक बनेका छन् ।

एकाधभन्दा बाहेक कुनै पनि सडक वातावरणीय अध्ययन मूल्याङ्कन, योजना तथा लागतको लेखाजोखा बेगर खनिएको देखिन्छ । त्यस्ता सडक नै अहिले पहिरोको जोखिम निम्त्याउने प्रमुख कारक बनिरहेका छन् । पालिकाका जनप्रतिनिधिले मात्र होइन, सांसदसमेत को मिलोमतोमा सस्तो लोकप्रियताका लागि टोलटोलमा सडक पुर्‍याउने होडबाजीले हरियाली भिरपाखा पहिरोमा परिणत भएको तथा जथाभाबी भएको डोजर प्रयोगले सुन्दर गाउँबस्ती ढुङ्गाको बगरमा परिणत हुँदै गएको छ ।

प्रतिक्रिया दिनुहोस