पोखरी खन्ने क्रममा मूर्तियामा पुरातात्विक शिवलिङ्ग फेला

सर्लाही। हरिपुर नगरपालिका– ९ हजार बिघा मूर्तियामा पोखरी खन्ने क्रममा पुरातात्विक महत्वका आकृति फेला परेका छन् । पोखरी खन्ने क्रममा नजीकै रहेको माटोको ढिस्को सम्याउँदा तीन तला भएको एक फिट उचाइ भएको शिवलिङ्ग र शिवलिङ्गको भाग फेला परेको वडाध्यक्ष तुलसी लुइँटेलले जानकारी दिनुभयो।
भिडियो हेर्नुहोस

मूर्तियामा ऐतिहासिक मुक्तेश्वर महादेवको मन्दिर रहेको छ भने विभिन्न स्थान उत्खननका क्रममा पुराना धार्मिक सामग्री भेटिने गरेका छन् । पोखरी खन्ने क्रममा भेटिएको शिवलिङ्ग र बसाहा तथा मयूर र स’र्पको आकृति भएका पुरातात्विक वस्तु फेला परेका छन् ।

पुरातात्विक महत्वका केही वस्तु पुरातत्व विभागले लगेको र केही चक्रेश्वर महादेव मन्दिर संरक्षण समितिको संरक्षणमा रहेको वडाध्यक्ष लुइँटेलले बताउनुभयो । नजिकै मुक्तेश्वर मन्दिर क्षेत्रमा पनि उत्खनन गर्दा पनि त्यस्ता वस्तु फेला पर्न सक्ने जनाइएको छ।

चक्रेश्वर महादेव मन्दिर संरक्षण समितिको संरक्षणमा रहेका ती पुरातात्विक आकृतिको आफूहरुले पूजाआजा शुरु गरेको मन्दिरका अध्यक्ष रिऋ महतोले बताउनुभयो । केही दिन पहिला फेला परेका पुरातात्विक महत्वका आकृतिको अवलोकनका लागि पुग्नुभएका नेकपा सर्लाहीका अध्यक्ष रेवती पन्तले मूर्तिया क्षेत्रमा पुरातत्व विभागको टोली ल्याएर अध्ययन गराइने बताउनुभयो।

पोखरी नजिक भेटिएका मूर्ति अवलोकन गर्न पुग्नुुभएका अध्यक्ष पन्तले सो क्षेत्रका विद्युत्, बाटो र अन्य स’मस्या समाधान गर्न पनि आफू लागिपर्ने वचन दिनुभयो ।रासस

प्रतिक्रिया दिनुहोस