आमिर खानकी छोरीको बोल्ड फोटो बन्यो एकाएक भाइरल

मुम्बई – बलिउड अभिनेता आमिर खानकी छोरी इरा खानले फिल्म उद्योगमा इन्ट्री गरिसकेकी छिन् । भलै उनले अभिनयको सट्टा निर्देशन चुनेकी छिन् । इराले आजभोलि एक सिरियल निर्देशन गरिरहेकी छिन् । यसका अलावा उनी मोडलिङ पनि गर्छिन् ।

इरा सामाजिक सञ्जालमा पनि उत्तिकै सक्रिय रहने गर्छिन् । हालै इराले एक फोटोशूट गराएकी छिन् । उक्त तस्वीर उनले इन्स्टाग्राममा शेयर गरेकी छिन् । तस्वीरमा उनी खुबै बोल्ड देखिएकी छिन् । यो तस्वीरलाई लिएर भारतीय मिडियाले बलिउडका नायिकाहरुसँग तुलना गरेका छन् ।

फोटोमा इराले डार्क मेकअपका साथ रातो ड्रेस लाएकी छिन् । तस्वीर शेयर गर्दै उनले लेखेकी छिन्, सटर्डे नाइट भाइब ।

इरालाई अभिनय खासै मन पर्दैन । उनले फिल्म मेकिङलाई नै आफ्नो करिअर बनाउने निर्णय गरेकी छिन् । यसभन्दा पहिले इराले आफ्नो नाटक निर्माता सारिकासँग तस्वीर शेयर गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस