९ वर्षकी बालिकाले फोन गरेर यस्तो भनेपछि लखनउ देखि युपी सरकार थर्कमान, प्रहरी घरमा पुगेपछि बुवाआमा छक्क

एजेन्सी। भारतमा एक ९ वर्षको बालिकाले गरेको फोनका कारण लखनउ देखि युपी सरकार सम्ममा हलचल भएको छ। भारतको रामपुरकी ९ वर्षकी बालिकाले युपी सरकारको कन्ट्रोल रुपमा फोन गरेर आफुहरु खान नपाएर भोकै मर्न लागेको खबर सुनाएपछि हलचल मच्चिएको हो । लामो समय देखि लकडाउनका कारण आमाबुवा काममा जान नपाएको र घरमा भएको खानेकुरा पनि सकिएपछि आफुहरु भोकै मर्न लागेको भन्दै ९ वर्षकी बालिकाले फोन गरेकी हुन्।

उनका बुवाआमा बोल्नै नसक्ने अवस्थामा पुगेको भन्दै उनले फोन गरेकी थिइन् । उनले यसरी घरको अवस्था बयान गरेर फोन गरेपछि युपी प्रशासनले रामपुर जिल्ला अधिकारीलाई फोन गरेर तत्काल अवस्था बुझ्न आदेश दियो।

जव प्रहरी त्यो बालिकाले भनेको ठेगानााम ठूलो राहत लिएर गयो अवस्था अर्कै थियो । बालिकाले मजाक गरेर त्यो नम्बरमा फोन गरेकी थिइन् । जव प्रहरीको ठूलो समुह राहत लिएर ढोकामा पुग्यो बालिकाका आमाबुवा छक्क परे । यो कसरी भयो ? भनेर प्रहरीलाई उनीहरुले प्रश्न राखे । प्रहरीले प्रदेश सरकारको कन्ट्रोल रुपममा फोन गरेर कसैले खान नपाएर मर्न लागेको जानकारी गराएपछि सरकारको आदेशमा आफुहरु राहत लिएर आएको बताएपछि उनका बुवाआमा छक्क परेका थिए।

उनका बुवाले प्रहरीसंग माफी माग्दै आफ्नो ९ वर्षको छोरीले मजाक गरेर कन्ट्रोल रुमको फोन नम्बरमा त्यस्तो कुरा भनेको बताए । उनले आफ्नो छोरीको नादानीका कारण सबैलाई दुख भएको भन्दै माफी मागेर आफ्नो घरमा खानेकुरा प्रशस्त भएको बताए । उनले त्यो राहत अरु खान नपाएकाहरुलाई दिन आग्रह गरे।

ति बच्चीका बुवाले आफुहरुले घरमा कोरोनाका कारण गरिबहरुलाई यस्तो समस्या परेको छ भनेर कुरा गरेको सुनेकी छोरीले त्यो नम्बरमा फोन गरेको हुनसक्ने बताए । उनले आफुहरुको कुराकानीका क्रममा कन्ट्रोल रुपमका नम्बर भनेको र छोरीले त्यही नम्बरमा फोन गरेकोब ताए । उनीहरुले विपन्नहरुले यो नम्बरमा फोन गरेपछि खानेकुरा पाइन्छ भनेर कुरा गरेको सुनेको भएर छोरीले त्यसै गरेको बताए।

छोरीले फोन गरेर प्रहरी राहत लिएर आउँदा उनका बुवा जंगल गएका थिए । उनी घर आउँदा आफ्नो घरमा प्रहरीलाई देखेर छक्क परेका थिए । रामपुर के जिलाधिकारी आन्जनेय कुमार सिंह नै राहत लिएर बालिकाको घर पुगेका थिए । प्रहरीले यस्तो घटनामा सजग हुन अभिभावकलाई सुझाव दिएको छ।

प्रतिक्रिया दिनुहोस