आज घट्याे सुनचाँदीको मूल्य, हेर्नुहाेस कतिमा हुँदैछ काराेबार ?बजारमा चल्यो खैला बैला……

काठमाडाैं । आज सुनचाँदीको भाउ घटेको छ ।

छापावाल सुन प्रतितोला ६०० रुपैयाँ घटेर छापावाला सुनको भाउ आज तोलाकाे ९३ हजार ३ सय रूपैयाँमा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । शुक्रबार बिहिबारकाे तुलनामा ताेलामा ८०० रुपैयाँ बढेर छापावाला सुन ९३ हजार ९ सय रुपैयाँ पुगेको थियाे ।

आज तेजावी सुनकाे मूल्य पनि घटेकाे छ । आज तेजावी सुन प्रति तोला ९२ हजार ८०० रुपैयाँ रहेकाे छ । शुक्रबार तेजावी सुन प्रति तोला ९३ हजार ४०० रुपैयाँमा काराेबार भएकाे थियाे ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदीको भाउ आज १० रुपैयाँले घटेर तोलाकाे ११ सय ५० रुपैयाँ कारोबार भैरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस