बिहेको अन्तिम समयमा यी डाक्टरले भनिन्: ‘बिहे पछि गरौंला, अहिले बि’रामीको उपचार गर्छु’

एजेन्सी। भारतको केरलामा बस्ने सर्जन डा शिफा मोहम्मदको विवाह दुबईमा बस्ने एक व्यापारीसँग यही आइतवार हुनुपर्ने थियो । तर देशमा को’रोनाभा’इरसको सं’क्रमण फैलिएपछि बिहे गर्नुको साटो उनी सुरक्षा वस्त्र लगाएर को’रोनाका रो’गीहरूको उपचारमा खटिएकी छन् । बिहे हुनुपर्ने दिन डा मोहम्मद कन्नुरमा रहेको परियारम अस्पतालको आइसोलेसन वार्डमा व्यस्त थिइन् । दुलहीले लगाउने जरीवाला वस्त्रको साटो उनी व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) लगाएर बसेकी थिइन् ।

‘बिहे त पछि गर्दा पनि हुन्छ, तर आइसोलेसन वार्डमा बाँ’च्नका लागि संघर्ष गरिरहेका मेरा बि’रामीहरूलाई अ’लप’त्र छोड्न मिल्दैन,’ उनले दुलाहा र आफ्ना मातापितालाई बताइन् । उनीहरूले डा शिफाको निर्णय माने । ‘प्रत्येक युवतीको जीवनमा विवाह महत्त्वपूर्ण घ’टना हो । तर मेरी छोरीले व्यक्तिगत चाहनालाई पछि सार्दै सामाजिक जिम्मेवारी र व्यावसायिक प्रतिबद्धता देखाएकी छन् । उनले बिहे सारौं भन्दा हामीले सजिलै मान्यौं,’ पिता मुक्कम मोहम्मदले भने ।

‘हामीले दुलाहा अनुस मोहम्म्दलाई यो कुरा भन्दा उनले पनि सजिलै माने । म सामाजिक कार्यकर्ता हुँ र मेरी पत्नी शिक्षिका हुन् । मेरा दुवै छोरीले हामीमा रहेको सामाजिक भावनालाई अपनाएका छन्,’ उनले थपे । उनकी जेठी छोरी पनि चिकित्सक हुन् र अहिले कोझिक्कोडे अस्पतालमा खटिएकी छन् ।

प्रतिक्रिया दिनुहोस