अमेरिकामा पानीमा मस्तिष्क खाने सूक्ष्म जीव फेला, धाराको पानी प्रयोग नगर्न चेतावनी

एजेन्सी, ११ असोज । अमेरिकी राज्य टेक्ससको लेकमा पानीमा मस्तिष्क खाने सूक्ष्मजीव फेला परेको छ । त्यसपछि ज्याक्सनका बासिन्दालाई धाराको पानी प्रयोग नगर्न चेतावनी दिइएको छ।पानीमा नेग्लेरिया फाउलेरी नामको सुक्ष्म जीव पाएको परीक्षणहरूले पुष्टि गरेको छ।

बीबीसीका अनुसार त्यस्तो सूक्ष्म जीवाणु अमीबाले दिमागमा सङ्क्रमण गर्नसक्छ र त्यो घातक हुन्छ।लेक ज्याक्सनका अधिकारीहरूले आफूहरूले पानीको आपूर्तिलाई निसङ्क्रमित पारिरहेको र त्यो पूरा हुन कति लामो समय लाग्छ थाहा नभएको जनाएका छन्।

टेक्ससका आठवटा समुदायहरूलाई शुक्रबार राति नै धारामा आउने पानीको प्रयोग शौचालयमा फ्लसका लागि बाहेक नगर्न भनिएको थियो।

प्रतिक्रिया दिनुहोस