बेहुलाको घरमा जाँदै गरेकी बेहुलीलाई पूर्वप्रेमीले जन्ती गाडी झ्या’प्पै रोकेपछि !

बिहे गरी बेहुलाको घरमा जाँदै गरेकी बेहुलीलाई बीच सडकमै रोकेर बेहुली आफ्नी प्रेमिका रहेको दा’बी गर्ने एक युवक र उनका साथी प’क्राउ परेका छन् । पर्साको जगरनाथपुर गाउँपालिका वडा नम्बर २ दसौताका सकलदिप साह तेली र उनका साथी मुन्ना आलमलाई प्रहरीले नियन्त्रणमा लिएको हो । पर्साको जगरनाथपुर गाउँपालिका वडा नम्बर २ दसौता निवासी सिकेन्द्र साहको घरमा सोमबार बेलुकी भारत बिहारको पूर्वी चम्पारण जिल्लाको आदापुरबाट बेहुला पक्ष जन्ती लिएर लिएर आएको थियो ।

सोमबार राति बिहे सकेर मङ्गलबार बिहान बेहुलीको घरबाट बेहुलीसहित भारत फर्किरहेका जन्तीलाई जगरनाथपुर गाउँपालिका ४ लक्ष्मीपुरस्थित गण्डक नहरको बाटोमा तेली र आलमले रोके ।

प्रत्यक्षदर्शीका अनुसार तेलीले उक्त विवाहमा बेहुली भएकी युवती आफ्नो प्रेमिका भएको र उनीसँग आफैँले बिहे गर्न पाउनुपर्ने भन्दै केही बेरसम्म जन्तीको गाडी नै रोकिदिए। स्थानीयले ती दुबै युवकलाई सम्झाउन खोज्दा उल्टै उनीहरुले स्थानीयमाथि हा’तपा’त गर्ने प्रयास गरे ।

त्यसपछि नजिकै रहेको सशस्त्र प्रहरी बेस क्याम्पका सुरक्षाकर्मीले जन्तीको गाडी रोक्ने तेली र आलम दुबैलाई नियन्त्रणमा लिएर बेहुली सहित जन्तीलाई बेहुलाको घर पठाइदिएको इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी नीरिक्षक चन्द्र सिंहले जानकारी दिए । आजको अन्नपूर्ण पोस्ट दैनिकले खबर छापेको छ ।

त्यसैगारी राष्ट्रिय परिचयपत्र वितरणको कामलाई थप प्रभावकारी बनाइने भएको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले आइतबार यहाँ आयोजना गरेको राष्ट्रिय परिचयपत्र व्यवस्थापनसम्बन्धी अन्तक्र्रिया तथा अभिमुखीकरण कार्यक्रममा परिचयपत्र वितरण कार्यलाई वडा तहसम्म पु¥याउने जानकारी दिइयो ।

चितवन, ललितपुर, रसुवा, तनहुँ, कञ्चनपुर, जुम्ला र सप्तरीमा सो कार्यक्रम सञ्चालनमा आउँदैछ । चितवनका ९८ वडा मार्फत परिचयपत्रको फारम भर्ने काम शुरु हुन लागेको जनाइएको छ । यसका लागि ११७ कर्मचारी नियुक्तिको प्रक्रियामा रहेका छन् ।

ती कर्मचारीलाई २३ वटा समूहमा विभाजन गरी प्रत्येक पालिकाका वडामा पठाइने छ । दुई वर्षमा राष्ट्रिय परिचयपत्र बनाई सक्ने उद्देश्यका साथ सरकारले काम शुरु गरेको हो । पहिलो चरणमा छनोट भएका १५ जिल्लामध्ये सात जिल्लामा काम प्रभावकारी बनाउन लागिएको विभागका निर्देशक शिवराज जोशीले जानकारी दिनुभयो ।

उहाँका अनुसार व्यक्तिको सबै विवरण लिई परिचयपत्रमा राखिने छ । व्यक्तिगत विवरण राख्न सहज हुने भएकाले परिचय पत्र बनाउन लागिएको हो । नागरिकताका आधारमा विवरण सङ्कलन गर्ने भएकाले बाह्य जिल्लाको नागरिकताको हकमा स्थानीय तहको सिफारिसका आधारमा विवरण भरिने विभागले जनाएको छ ।

हालसम्म पाँचथर र मुख्य प्रशासनिक निकाय सिंहदरबारभित्र विभिन्न मन्त्रालयमा कार्यरत कर्मचारीका एक लाख १७ हजारलाई परिचयपत्र वितरण गरिएको छ । परिचय पत्रमा नागरिकको पृथक परिचय नम्बर उपलब्ध हुनेछ ।

आधुनिक सूचना प्रविधिमा आधारित राष्ट्रिय परिचयपत्र व्यवस्थापन प्रणाली अवलम्बन गरी ‘समृद्ध नेपाल, सुखी नेपाली’ अभियानमा सहयोग पु¥याउने लक्ष्यका साथ परिचयपत्रको फारम भर्न लागिएको हो ।

राज्यबाट प्रवाह हुने सेवासँग आबद्ध गर्ने, राष्ट्रिय परिचय नम्बर र राष्ट्रिय पहिचानसहितको बायोमेट्रिक स्मार्टकार्ड प्रदान गर्ने उद्देश्यले काम शुरु गरिएको महानिर्देशक जोशीले जानकारी दिनुभयो । कार्यक्रममा जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटीले स्मार्ट सिटीमा स्मार्ट परिचयपत्र आवश्यक रहेको बताउनुभयो ।

शहरलाई स्मार्ट बनाउँदा आफ्नो परिचयलाई पनि सोहीअनुसार गर्नु अवलम्बन गर्दै जिल्लावासीलाई यो परिचयपत्र बनाउने काममा सहयोग पु¥याउन आग्रह गर्नुभयो । चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले जिल्लामा रहेका छ लाख ७५ हजार जनतालाई परिचयपत्रको फारम भर्नका लागि १०२ दिन लाग्ने भएकाले सोहीअनुसारको व्यवस्थापन मिलाउन लागिएको जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस