बिरालोले के गर्यो त्यस्तो जस्ले गर्दा फुटबल टिमले तिर्यो २७ लाख

एजेन्सी । क्रिकेट होस् या फुटबल, कुनै किसिमका म्याच अहिलेसम्ममा खेलाडीको गल्तीले भएको भन्दै क्षतिपूर्ति तिरेको देखेका र सुनेका छौं । तर जर्मनीमा बिरालोले गर्दा फुटबल टिमले जिरिमाना तिरेको छ ।

जर्मनीको म्यासनिखमा बेसिकतास र बार्यन टिमबीचमा फुटबल म्याच भइरहेको थियो तर एक बिरालोको कारण खेल रोकिएको थियो । युरोपियन फुटबल एसोसिएशनले तुर्किको क्लब बेसिकतासले २७ लाख रुपैयाँ फाइन तिराएको छ ।

वास्तवमा एक फुटबल म्याचको क्रममा बिरालो खेलको मैदानमा अचानक घुस्यो । बिरालो घुसेकै कारण खेल रोकियो । धेरै समयसम्म बिरालोले प्रबन्धकको टिमलाई नै आफ्नो पछि दौडायो । यसै क्रममा दर्शकहरुले बिरालोमाथि बोतल र अन्य चीज फ्याक्न सुरु गरे । धेरै समयपछि मात्र बिरालोलाई मैदानबाट लखेट्न सफल भए ।

खेलमा आएको रोकावटको कारण मेजबानी संभाल फुटबल क्लबमाथि २७ लाख रुपैयाँको फाइन लगाइदिएको छ । भविष्यमा यस्ता घटना नदोह्रो¥याउन पनि क्लबलाई चेतावनी समेत दिएको छ ।

संघको अनुसार खेलाडीको लागि यसरी जनावर भित्र पस्नु ज्यादै खतरा हुनसक्छ । यसै क्रममा सबै मानिसहरुले विरालोमाथि बोतलहरुले प्रहार गरेका थिए । यस्तो कार्यले खेलाडीलाई चोट लाग्ने सम्भावना बढी हुने भन्दै उक्त टिमलाई क्षतिपूर्ति स्वरुप तिर्न लगाएको थियो ।

प्रतिक्रिया दिनुहोस