सकरात्मक उर्जा र धन प्राप्तिका लागि पुजा कोठा कता बनाउने

ह्माण्ड प्रकृतिको एक सुन्दर रचना हाे र सबै कुरा बिश्वासकाे आधारमा अडिएकाे छ । बिश्वासलाई टिकाई राख्नकाे लागि मन्त्र अर्थात हामीले बाेल्ने बाेलीले नै नियन्त्रणमा राखिरहेकाे हुन्छ । शुद्ध,पबित्र र सकारात्मक साेचबाट निस्किएको वाणी नै पबित्र मन्त्र हाे र यहीँ मन्त्र रुपि बाणीले हरेक क्षेत्रमाथि नियन्त्रणमा राख्न मुख्य भुमिका खेलिरहेको हुन्छ । तसर्थ उपासनाकाे लागि सकारात्मक उर्जा आउने काेठा निर्माण गरेर हामीले हरेक दिन बिहान र बेलुका सकारात्मक तरङ्गलाई सकृय बनाईराख्न पुजा काेठाकाे निर्माण गर्दछाै ।

हामीले धेरै लगानी लगाएर घर निर्माण गर्दछाै सकेसम्मकाे सुबिधा युक्त भवनको निर्माणमा गर्न लागिपरेका हुन्छाै त्येसाे गर्नुकाे मुख्य उदेश्य भने कै उक्त घरमा बस्दा कुनै पनि प्रकारकाे समस्या नपराेस भन्नु नै हाे । पछिल्लो समयमा घर ठुलाे बनाउने तर मन्दिर बनाउदा सानाे र प्रयाेगमा नआउने स्थानकाे छनाेटमा पुजाकाेठा पर्ने गरेकाे एक अध्ययनले देखाएको छ ।

सकारात्मक उर्जा प्रबाह हुने दिशामा यदि मन्दिर निर्माण गरियो भने सम्पूर्ण भवन भरि नै सकारात्मक उर्जा प्रवाह हुन्छ र उक्त भवनमा बसाेबास गर्ने सम्पूर्ण परिवार हरुकाे सुख,शान्ति, सम्वृद्धिका साथै सम्पूर्ण परिवार संगकाे सम्बन्ध राम्राे हुने वास्तुविद् हरुले जानकारी गराएका छन् ।

लेखक रिजाल
पुजा काेठाकाे लागि सबैभन्दा उत्तम स्थानका रुपमा भवनकाे उत्तर, ईशानकाेण ( उत्तर पूर्व कुना ) र पूर्व दिशामा बनाईएकाे पुजा काेठाले सकारात्मक उर्जा प्रबाह दायक हुन्छ भने गलत दिशामा बनाईएकाे पुजा काेठाले सकारात्मक उर्जालाई नकारात्मक उर्जामा परिवर्तन गरि हरेक क्षेत्रमा त्येसकाे प्रभाव राम्राे भन्दा भन्दा पनि नराम्रोमा परिणत गर्ने हुदा पुजाकाेठा निर्माण गर्दा विशेष ध्यान दिनु पर्ने विज्ञहरुले सुझाब दिएका छन् ।

पछिल्लो समयमा घरबनाउदा भर्याङ्काे माथि पुजा काेठा बनाउने प्रचलन बढी देखिएकाे छ । वास्तुका हिसाबले उक्त स्थानमा पुजा काेठा बनाउदा शुभ भन्दा पनि अशुभ फल धेरै हुने हुदा नबनाउन नै सुझाब दिएका छन् । यदि बनाई सकेकाे भए भर्याङ्मामा हुने बास्तुदाेष कटाउने उपाय गर्नुपर्ने सुझाब दिएका छन् ।

भर्याङ्गमा सबै मानिसहरुले टेकेर हिढ्नु पर्ने भएकाले सम्पूर्ण मानिसकाे नकारात्मक उर्जा पैतलाबाट फलाममा चुम्बकीय तरङ्गका माध्यमबाट पुजाकाेठा सम्म फैलनेहुदा अशुभ फल धेरैहुने गरेकाे अनुसन्धानले देखाएकाे छ । भर्याङ्ग माथि बनाईएकाे पुजाकाेठाले बिहानकाे समयमा सकारात्मक भन्दापनि नकारात्मक उर्जाकाे प्रवाह हाम्राे शरीरमा पर्ने हुदा मानसिक समस्या पैदाहुेने र डिप्रेसनकाे समस्या देखापर्ने अध्ययनले देखाएकाे छ ।

यसबाट बच्नका लागि विशेष प्रकारकाे दैनिक पुजामा वास्तुपुरुषकाे छुट्टै कलश थापना गरि दैनिक वास्तुकाे मन्त्रद्वारा पुजा गरेमा केही नकारात्मक प्रबाह कमहुने जनाईएकाे ।व्यवसायीक भवनमा उक्त स्थानमा मन्दिर हुदा धेरै नै नकारात्मक हुने हुद व्यवसाय नै बन्द गर्नुपर्ने अवस्था पनि आउनसक्ने वास्तुविद्ले जानकारी गराएका छन् ।

लेखक रिजाल वास्तुविद् हुन ।

प्रतिक्रिया दिनुहोस