स्व.राजा वीरेन्द्र भन्नुहुन्थ्यो :जनताको करबाट चल्ने हाम्रो खर्च, जथाभावी खर्च गर्नु हुँदैन

काठमाडौं । २०५८ जेठ १९ गते राति राजदरबारभित्रै हत्याकाण्ड भएको खबर सुनेपछि भोलिपल्ट हजारौँ जनता सडकमा आए। राजा वीरेन्द्र, रानी ऐश्वर्यलगायत राज परिवारका आठजना सदस्य एकै ठाउँमा मारिएको सो घटना सम्झिँदा आज पनि हामीलाई पीडा हुन्छ। राजा वीरेन्द्रको हत्या भएको खबर केही घन्टामै संसारभरि फैलियो । करोडौँ नेपाली स्तब्ध भए। धेरै विदेशीले पनि हार्दिक समवेदना प्रकट गरे। कैँयन् राष्ट्रका राष्ट्राध्यक्ष, राजनेता, सरकार प्रमुख, कूटनीतिज्ञ, विद्वान विदुषीले गहिरो दुःख व्यक्त गरे । राजा वीरेन्द्र आज पनि अधिकांश नेपालीका हृदयमा उत्तिकै सम्मानित, स्मरणीय र आदरणीय छन् । यो समाचार युवराज गौतमले लेखेका हुन्

उनको कार्यकालमा संयुक्त राष्ट्रसंघका महासचिव कोफी अन्नान र हाभियर पेरेज द कोय्यार, स्वीट्जरल्यान्डका राष्ट्रपति प्रोफेसर आर्नोल्ड कोलर भारतीय राष्ट्रपतिहरू ज्ञानी जैलसिंह तथा केआर नारायणन प्रधानमन्त्री पीभी नरसिंह राव चीनका प्रधानमन्त्री झु रोङ्जी, मंगोलियाका राष्ट्रपति नात्सागिन बागा बन्दी, श्रीलंकाका राष्ट्र पतिहरू रणसिंघे प्रेमदासा र चन्द्रिका कुमारातुंगा, जर्मन राष्ट्रपति डा. रोमन हेर्जोग र त्यहाँका चान्सलर डा. हेल्मुट कोल मात्र होइन, ब्रिटेनकी महारानी एलिजाबेथ द्वितीय बाट समेत नेपाल भ्रमण हुनु कूटनीतिक दृष्टिले महत्वपूर्ण मानिन्छ। यस्तै चीनका राष्ट्रपति लि।स्यान न्यान, फ्रान्सका राष्ट्रपति फ्रास्वा मितेराँ, माल्दिभ्सका राष्ट्रपति मौमून अब्दुल गयुम र युगो स्लाभियाका राष्ट्रपति मा र्सल जोसेफ बज्र टिटोले राजा वीरेन्द्रको निमन्त्रणमा नेपाल भ्रमण गरेका थिए भने राजा वीरेन्द्रले अमेरिका, ब्रिटेन, फ्रान्स, जापान, चीन, भारत

लगायतका धेरै राष्ट्रको भ्रमण गरेर नेपाललाई अन्तर्राष्ट्रिय समुदायमा राम्ररी परिचित गराए।कूटनीतिक दृष्टिले साच्चै असंलग्न राष्ट्र भएकाले नेपालले अन्तर्राष्ट्रिय समुदायको विश्वास आर्जन गरेको देखिन्छ । सो काल खण्डमा नेपाल राष्ट्र संघको सुरक्षा परिषद्को सदस्य बन्यो । २०३१ फागुनमा राजा वीरेन्द्रले आफ्नो शुभराज्या भिषेकमा विभिन्न साठी राष्ट्रबाट आएका विशिष्ट पाहुना राजा, राष्ट्रपति, प्रधानमन्त्री र युवराजहरू उपस्थित समारोहमा नेपाललाई शान्ति क्षेत्र घोषित गरियोस् भन्ने प्रस्ताव राखे । त्यसलाई भारतले समर्थन गरेन तर ११६ राष्ट्रले समर्थन गरे । भारतकै दबाबका कारण नेपालका ९प्रतिबन्धित० दलहरूले समेत शान्ति क्षेत्र प्रस्तावको विरोध गरे। २०२८ माघ १७ गते बिहान चितवनमा राजा महेन्द्रको स्वर्गा रोहण भयो। सोह्र वर्ष दश महिना राजगद्दी सम्हालेका राजा महेन्द्रले जनताको व्यापक समर्थन, सीमित बजेट र स्रोत साधनको सदुपयोग गर्दै विकासको ढोका खोल्दै गए ।

राजा महेन्द्रका जेठा छोरा वीरेन्द्रले आफ्ना पिताले सुरु गरेको विकास अभियानलाई अघि बढाउन अहोरात्र मिहिनेत गरे । देशका कुनाकुनाको पैदल भ्रमण गरे । आफ्नै पिताझैँ उनी गरिब किसानका झुप्रा झुप्रामा पुगेर वस्तुस्थिति अध्ययन गर्थे । जनताको दुःख बुझ्ने प्रयास गर्थे। महेन्द्र राजमार्गजस्तै चीन र भारतसमेत जोड्ने चारपाँच वटा उत्तर दक्षिण राजमार्ग बन्न सकून् भन्ने इच्छा थियो, तर महेन्द्र राजमार्गको कोहलपुर कञ्चनपुर खण्ड पूरा हुन नै अठार वर्ष ढिलो भयो। भारतको राजनीतिक दबाबका कारण पनि द्रुतगतिमा विकास हुन सकेन। तर श्री ५ वीरेन्द्रको शासनकालमा जति प्रगति भयो, त्यसको उचित मूल्यांकन हुन बाँकी नै छ । सरल स्वभावका थिए, राजा वीरेन्द्र। छलकपट नजान्ने र विकासमा लाग्ने हरूलाई प्रेरणा दिने उनको स्वभाव थियो । उनलाई भेटेपछि आलोचकहरू पनि प्रशंसा गर्दै फर्किन्थे । उनको बालसुलभ मुस्कानमा जादु थियो । सधैँ प्रसन्न चित्त देखिन्थे उनी।

गाउँघरतिर जाँदा गाउँलेहरूको सुखदुःख सोध्ने उनको बानी थियो । गाउँलेहरूसँग यदाकदा ठट्टा पनि गर्थे । उनका एकजना सहयोगी सझिन्छन पूर्वाञ्चलको भ्रमणमा जाँदा राजा वीरेन्द्रले एकजना गरिब किसानलाई घरभित्रै पसेर सोधेछन्, घर त सानो छ, कतिजना छन् तिम्रा केटाकेटीरु किसानले हात जोड्दै जवाफ दिए, सरकार, एघार जना छोरा छन् । राजाले ठट्टा गर्दै भने, लौ एउटा फुटबल टिम घरमै रहेछ । तिमी चाहिँ रेफ्री बन्नू। यस्ता अनेक रोचक प्रसंग छन्, उनको जीवनमा । वीरगञ्जमा राजा वीरेन्द्र र महारानी ऐश्वर्य साधारण पोसाकमा रिक्सा चढेर सहर घुमेछन् साँझपख । राजारानीलाई चिन्न गाह्रो थियो, झमक्क साँझमा। रिक्सावालालाई उनले धेरै कुरा सोेधेछन। उसले भनेछ, अञ्चला धीश, सिडिओ, पुलिसको हाकिम, भन्सार हाकिम, मालपोत, भूमिसुधार सबैतिर घुस खान्छ दाइ । राजाले जेल हाल्दिए पनि हुन्थ्यो यस्ता मान्छेलाई ।

राजा आउँदा केके भनेर उनलाई ढाँट्छन् । अरू बेला जनतालाई ठग्छन्। त्यसपछि भ्रष्टाचार बारे छानबिन गराउँदै उनले केही कर्मचारी र प्रशासक हरूलाई कडा निगरानीमा राखेको र कति पयलाई नसिहत दिएको कुरा वीरगञ्जका पुराना पत्र कार गोपाल गिरीले बताएका थिए। राजा वीरेन्द्रको जीवन खुला पुस्तक जस्तै थियो । २०४६ सालमा राजनीतिक दलहरूले राजाका अधिकार कटौती गर्दै बहुदलीय व्यवस्था लागू गर्नुपर्ने माग गरेपछि नेपाली कांग्रेस र वामपन्थी नेताहरूलाई बोलाएर उनले छलफल गरे । २०४६ चैत २६ गते दलहरूमाथिको प्रतिबन्ध फुकुवा भयो । राष्ट्रियता, राष्ट्रिय स्वाभिमान, विकास र स्वतन्त्रता प्रति संवेदनशील थिए, राजा वीरेन्द्र । २०३६ सालमा उनले जनमत संग्रह गराएका थिए । संसारमा सर्व शक्तिमान राजाले जनताको चाहनाको सम्मान गर्दै जनमतसंग्रह गराएका घटना विरलै पाइन्छ। २०२१ सालमा युवराज छँदा वीरेन्द्रले पूर्वाञ्चलका पहाडी जिल्लाहरू भ्रमण गरे ।

त्यसवेला युवराज वीरेन्द्रले मकै भटमास साग, कोदो फापर आदि गाउँमा जे जे पाइन्छ त्यसैमा सन्तोष गरेर सैनिक पोसाकमा भ्रमण गरेको उनका सहयोगीहरू बताउँछन। तीन चार जना सिपाही भ्रमण दलमा भए पनि युवराज वीरेन्द्र आफ्नो भारी आफैं बोक्थे उनीहरू भन्छन्। राजा वीरेन्द्रका अंगरक्षक रहेका जनरल शान्तकुमार मल्लले भनेका छन्, महेन्द्र राजमार्ग जस्तै चीन र भारतसमेत जोड्ने चारपाँच वटा उत्तर दक्षिण राजमार्ग बन्न सकून् भन्ने सरकारको इच्छा थियो, तर महेन्द्र राजमार्गको कोहलपुर कञ्चनपुर खण्ड पूरा हुन नै अठार वर्ष ढिलो भयो । भारतको राजनीतिक दबाबका कारण पनि द्रुतगतिमा विकास हुन सकेन । तर श्री ५ वीरेन्द्रको शासनकालमा जति प्रगति भयो, त्यसको उचित मूल्यांकन हुन बाँकी नै छ। २०१९ सालदेखि २०५८ सालमा शाही पाश्र्ववर्ती एडीसी रहेका मल्ल सम्झिन्छन्, २०२१ सालमा हामी रामेछापको एउटा दुर्गम गाउँमा पुग्यौँ । झमक्क साँझ परेको थियो ।

एउटी वृद्धाको झुप्रोमा युवराज वीरेन्द्रसहित हामी पिँडीमा बास बस्यौँ । त्यो घरकी बूढी आमाको छोरो भारत चीन युद्धका बेला भारतीय सेनामा गएको रहेछ घर नआएको तीनचार वर्ष भएको रहेछ । सायद युद्धमा मर्यो होला सैनिक पोसाकमा त्यहाँ पुगेका राजा वीरेन्द्रलाई छामछुम गर्दै आमाले अँगालो हालेर भनिन्, यतिका वर्ष कहाँ हराएका थियौ, बल्ल आमा सम्झेर आयौ बाबू युवराज वीरेन्द्रबाट हुकुम भयो, आमा, म तिम्रै छोरो जस्तो हुँ पद यात्राका क्रममा यस्ता धेरै घटना देखिए । जनताको वास्तविक अवस्था बुझ्न सजिलो भयो युवराज लाई । राजा वीरेन्द्रको पालामा २०३८ सालमा राष्ट्रिय मूलनीति बनाइयो र २०४२ सालमा संशोधन गर्दै अर्को मूलनीति तयार पारियो । त्यसमा राष्ट्रिय सुरक्षा, गृह, परराष्ट्र, अर्थलगायत विभिन्न विषय समेटिएका छन् । तल्लो निकायलाई आत्भनिर्भर बनाउन विकेन्द्रीकरण ऐन, २०३९ ल्याइयो ।

प्रतिक्रिया दिनुहोस