विवाहको पहिलो रातमै श्रीमानले धेरै माया गर्न थालेपछि श्रीमतीले मागिन् डिभोर्स….!

काठमाडौं । माया र यु’द्धमा हरेक कुरा जायज हुन्छ भन्ने त हामीले सुनेका छौ । यो बीचमा अहिले माया प्रेम सम्बन्धि एउटा घटना बाहिर आएको छ । भएको के भने, एक महिलाले विवाहको एक वर्षपछि श्रीमानसँग सम्बन्धविच्छेद गर्ने सोच बनाएकी छिन् ।

सम्बन्धविच्छेद किन गर्न चाहिन् ? यसको कारण भने निकै रोचक छ । उनका अनुसार उनलाई श्रीमानले अत्यधिक माया गर्ने, कहिले झगडा नगर्ने भएकाले सम्बन्धविच्छेद गर्न चाहेकी हुन् ।नेपालमा अर्को एउटा भनाई के पनि चर्चामा ‘चिनी पनि धेरै खाए तितो हुन्छ’ भन्ने भनाई रहेको छ । माया धेरै खाँदा तितो भएपछि एक महिला फुजैरास्थित सारिया कोर्टमा श्रीमानसँग सम्बन्धविच्छेद गर्न पुगेकी छिन् ।

उनलाई श्रीमानको अत्यधिक माया पचेन । श्रीमानले विवाह गरेको एक वर्षमा कहिले पनि झगडा नगरेको, घरको काममा पनि सहयोग गर्ने उनको बानी देखेर उनलाई रिस उठेको भनिएको छ ।

उनले भनेकी छिन्, ‘उनले मलाई कहिले पनि चर्को आवाजमा बोलेनन् । मलाई उनको अत्यधिक माया र प्रेमले घाँटी अँठ्याएको जस्तो भयो । अझ उनले घरसमेत सफा गर्न सघाए ।’

उनले अगाडी भनिन्, ‘उनीसँग एक दिन त झगडा होला भनेर सोच्थेँ तर मेरा रोमान्टिक श्रीमानले सधैं मलाई माफ गरे र उपहारको वर्षा गराए । मलाई वास्तविक छलफल र तर्क वितर्क मन पर्छ ।’

प्रारम्भिक सुनुवाइको क्रममा अदालतमा उपस्थित श्रीमानले चकित न्यायाधिसको सामू आफूले कहिले पनि गलत नगरेको बताए । दयालु र उत्तम श्रीमान् हुने उद्देश्यसहित आफूले यस्तो गरेको उनले बताए ।उनले श्रीमतीलाई सम्झाइदिन अदालतलाई आग्रह गरेका छन् । अदालतले यी दुई पक्षलाई मिलनका लागि एउटा मौका दिएको छ । एजेन्सी ।

प्रतिक्रिया दिनुहोस