भगवान कृष्णले भैरवको टाउको नै मागेपछि तत्काल उनले एलम्बरको टाउको नै काटिदिए । जुन टाउको काठमाडौं पुगेको थियो । जसलाई आकाश भैरव भनेर भनिन्छ ।

काठमाडौं १४ असोज । काठमाडौको दरबार स्कायरबाट केही पर अवस्थित रहेको आकाश भैरवलाई राजा यलम्बर भन्ने गरिन्छ । किँरात राजाका पहिलो राजा एलम्बर नै आकाश भैरव भएको किम्वदन्तीमा पाइन्छ । आकाश भैरवलाई ‘स्वर्गका भगवान’ को रुपमा पनि पुजा गरिन्छ ।

आकाश भैरवलाई पुजा गर्नाले नेपाल नेपाली जनताहरुको लागि बल, सुरक्षार सद्भावना सुनिश्चित रहेको विश्वास गरिन्छ । पौराणिक कथा अनुसार तान्त्रिक पुजाबाट शक्ति प्राप्त गरेका राजा एलम्बरले महाभारतको लडाईमा हार्ने पक्षलाई सहयोग गर्न रणभुमि गए । रणभुमि गएको कुरा भगवान श्रीकृष्णले थाहा पाए उनले तत्काल भैरवको तागतको परिक्षण गर्न भैरवलाई हार्ने पक्षमा जान दिइयो र दुर्व पक्षको सम्पुर्ण विनास नभए सम्म लडाई जारी राख्न सर्तमा युद्ध सुरु भयो । किराँतीहरु शिकार गर्न दक्ष भएकाले यीनीहरुलाई शिकारी पनि भन्ने गरिन्थ्यो किराँतीहरुको हतियार भनेको धनुष र एरो हो । उक्त माहाभारत लाडईमा भैरवको ठुलो पक्षलाई फाइदा भएपछि भगवान कृष्णले भैरवलाई सोेधे उपहार केही दिन सक्छस् भनी सोध्दा भैरवले हुन्छ भन्दा भगवान कृष्णले भैरवको टाउको नै मागेपछि तत्काल उनले एलम्बरको टाउको नै काटिदिए । जुन टाउको काठमाडौं पुगेको थियो । जसलाई आकाश भैरव भनेर भनिन्छ ।

त्यसैले आकाश भैरवलाई ईश्वर देव भनिन्छ । धर्म, राष्ट्र, व्यक्ति, विश्वास, आदि भैरव पूजाको अभिव्यक्तिका रुपमा एक अर्कामा जोडिएको छ। आकाश भैरव राष्ट्र र जनताको संरक्षण र सद्भावनाको प्रतीक हो। यो वर्षको एक पटक एक महोत्सवको अवसरमा बाहिर ल्याई कुमारीद्धारा आर्शिवाद दिइन्छ । आकाश भैरवको टाउको वर्षौ अगाडी काठमार्डौ ल्याइएको हो ।

प्रतिक्रिया दिनुहोस