जेलबाट भाग्ने यो जुक्तिले विश्व चकित [थाहाँ पाउँने सबैको होस उड्यो]

काठमाडौ । अपराध गर्नेहरु वास्तवमा धेरै चलाख हुन्छन् । उनीहरु हरेक जुक्ति लगाएर आफ्नो कार्य सफल गर्ने सोचमा हुन्छन् । ब्राजिलका एक लाकुपदार्थ तस्कार महिलाको अवतारमा पक्राउ परेका छन् । रियो दि जेनेरियोको एक कारागारमा लागुपदार्थ तस्करीमा जेल सजाय कटाइरहेका ती व्यक्ति महिलाको अवतारमा जेलबाट भाग्न खोज्दा पक्राउ परेका हुन् ।

ब्राजिलका प्रहरीले एक भिडियो सार्वजनिक गरेको छ । जहाँ ती ४२ वर्षमा व्यक्ति महिलाको नक्कली अवतारमा देखिएका छन् । उनी क्लाभिनो डा. सिल्भा भएको बताइएको छ । सिल्भा ७३ वर्षको जेल सजाय भोगिरहेका छन् । दश वर्षमात्र जेल सजाय काटेका सिल्भा भेट्नलाई उनका १९ वर्षकी छोरी आएकी थिइन् ।

छोरीले नै सिल्भालाई महिलाको अवतारका सामाग्रीहरु ल्याइदिएको प्रहरीले बताएका छन् । सिल्भाकी छोरीसमेत कारवाहीको घेरामा भएको बताइएको छ । सिल्भाले महिला बन्न प्रयोग गरेका सामाग्री लगाउँदा उनी झन्डै छोरीजस्तै देखिएको प्रहरीले बताएको छ । तर हिँडाई र शरीरको बनावट अस्वभाविक भएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो । एजेन्सी

प्रतिक्रिया दिनुहोस