यो रुखलाई ११८ वर्षदेखि अपराधीलाई झैं किन बाँधेर राखियो ? रहस्य बुझ्नुस

काठमाडौं, – अपराध गरेको सजायमा मानिसलाई समातेर वा बाँधेर राखेको त तपाईँ हामीले देखेका छौँ । तर रुखलाई समेत बाँधेर राखेको भने पक्कै देखेका छैनौं । रुखलाई फलामको सिक्रीले अपराधीलाई झै बाँधेर राखेको हेर्न अन्त कतै जानु पर्दैन पाकिस्तान गए पुग्छ । जहाँ सन १८९८ देखि एउटा रुख फलामको सिक्रीमा बाँधिएर बसेको छ ।

पाकिस्तानको कोटल आर्मीमा भएको यस रुखलाई बाँधेर राख्नुको पछाडि रमाईलो घटना लुकेको छ । पाकिस्तानी अखवार डनका अनुसार ब्रिटिस शासन भएको समयमा एक दिन ब्रिटिस अफिसर जेम्स स्केल्ड त्यो स्थान वरिपरि घुमिरहेका थिए ।

त्यतिकैमा उनलाई त्यो रुखले आफूलाई पछ्याइरहेको जस्तो लाग्यो, कारण जेम्सले मदिरा सेवन गरेका थिए । उनले तुरुन्तै डराएर आफ्ना सैनिकहरुलाई बोलाएर रुखलाई गिरफ्तार गर्न आदेश दिए । उनको आदेश लगत्तै सैनिकहरुले त्यस रुखलाई फलामको सिक्रीले बाँधेर राखे ।
नयाँ पत्रिका दैनिकमा खबर छ ।

हाल यो पर्यटकीय स्थलमा पर्दछ । अंगे्रज शासकहरु कति क्रुर थिए भन्ने दृष्टान्त देखाउनका लागि यो रुखको सिक्री अहिलेसम्म पनि ननिकालिएको बुझिन आएको छ ।

प्रतिक्रिया दिनुहोस