डाइटिङको चक्करमा लाग्दा यि २३ वर्षे युवतीको भयो बेहाल

एजेन्सी । तपाईलाई स्लिम बन्ने चक्कर कति चल्छ ? स्लिम बन्ने चक्करमा तपाई डाइटिङमा लाग्दा ज्यान नै जोखिममा पर्ला है ? डाइटिङको चक्करमा लागेर पातलो बन्न खोज्दा अमेरिकाको न्युयोर्ककी स्टेफनी रोड्जले अत्यधिक डाइटिङ गर्दै जाँदा उनको स्वास्थ्यमा नै ठूलो समस्या देखियो ।

स्टेफनी रोड्ज १३ वर्षकी हुँदा धेरै मोटी भएका कारण उनी र उनको परिवार नै चिन्तामा डुब्यो । त्यसपछि उनले लहडमै डाइटिङ शुरु गरिन् र खाना नखाने जुनून रोगमा परिणत भएपछि अहिले २३ वर्षकी हुँदा जम्मा २४ किलो तौल भएपछि अस्पताल नै भर्ना हुनुपरेको छ ।

लगातारको डाइटिङ धेरै वर्षपछि रोकेपनि उनको दुब्लो हुने क्रम नरोकिएपछि ठूलो समस्या देखियो । पछिल्ला दिनमा स्टेफनीलाई उदाहरण दिएर चिकित्सकहरूले डाइटिङ गर्दा हुने नोक्सानीका बारेमा मानिसहरूलाई सचेत गराउने गरेका छन् । जुन कुरा तपार्य हामीले पनि ध्यान दिनु जरुरी छ ।

प्रतिक्रिया दिनुहोस