सम्झनाका ह#त्यारा राजेन्द्रले दिएको यस्तो सनसनीपूर्ण बयानले रसाए ३ करोड नेपालीका आँखा, प्रहरी समेत बने भावुक !

आफन्त र परिवारका सदस्यले सदरमुकाम चैनपुर नजिक सेती नदी बाहुलीगाडको दोभानमा सम्झनाको बुधबार अन्तिम संस्कार गरेका छन् । दोषीलाई पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्नुपर्ने माग राख्दै परिवारले शव बुझ्न मानेको थिएन ।

प्रहरीले मंगलबार साँझ पत्रकार सम्मेलन गर्दै अभियुक्त सार्वजनिक गरेको थियो । सम्झनालाई श्रद्धाञ्जली दिन जिल्लास्थित राजनीतिकर्मी, मानवअधिकारकर्मी र दलित अधिकारको क्षेत्रमा काम गर्ने व्यक्ति तथा संघसंस्थाका प्रतिनिधि सेती दोभान पुगेका थिए ।

छोरीको हत्याको घटना सुनेर आइतबार मात्रै भारतबाट बझाङ आइपुगेका विकास कामी भने कोरोना संक्रमित भएका कारण अन्तिम बिदाइमा सहभागी हुन पाएनन् । उनी सदरमुकामस्थित एक घरमा आइसोलेसनमा छन् । अन्त्येष्टिपछि भावविह्वल बनेका हजुरबुबाले आफूले दुःख गरेर हुर्काएकी नातिनीको जीवन समाप्त पार्नेलाई फाँसीको सजाय दिएमात्रै सम्झनाको आत्माले शान्ति पाउने बताए ।

यसैबीच हत्याको आरोपमा पक्राउ परेका मस्टा गाउँपालिका–२ खिकालाका राजेन्द्र बोहराले अपराध स्वीकार गरेका छन् । गत बुधबार सोही ठाउँकी १२ वर्षीया सम्झना कामीको बलात्कारपछि हत्या भएको थियो । त्यही दिन पक्राउ परेका बोहराले आठ दिनपछि बुधबार प्रहरीसामु हत्या स्विकारेका हुन् ।

गोठ हिँडेकी सम्झनालाई खिकाला गाउँबाट १५ मिनेट टाढा रहेको सिमथला जंगलबाट नियन्त्रणमा लिएर बलात्कारपछि हत्या गरेको उनले साविती बयान दिएको प्रहरीले जनाएको छ । ‘सुरुमा फकाएर मन्दिरतर्फ लगेको र सम्झनाले मन्दिरभित्र जान नमानेपछि उनले बोकेको डोको, नाम्लो र हँसिया थुतेर फालिदिएको रहेछ,’ प्रहरी स्रोतले भन्यो, ‘त्यसपछि लछारपछार गर्दै मन्दिरभित्र लगेर बलात्कार गरेछ ।’ बलात्कारका क्रममा सम्झनाले सक्दो प्रतिकार गरेको र गाउँका सबैलाई भनिदिन्छु भनेपछि पोल खुल्ने डरले हत्या गरेको बोहराले बयानमा बताएका छन् । उनले मन्दिरभित्र रहेको त्रिशूल र घनले हानेर हत्या गरेको प्रहरीसमक्ष स्विकारेका छन् । प्रहरीले घटनास्थलबाट हत्यामा प्रयोग भएका हतियार बरामद गरिसकेको छ ।

‘सुरुमा ढुंगाले टाउकोमा हानें । टाउकाको चोटले सम्झना ढलेपछि मन्दिरभित्र रहेको त्रिशूल ल्याएर पिठ्युँमा घोपेको हुँ,’ बोहरालाई उद्धृत गर्दै बयानमा संलग्न एक प्रहरीले भने, ‘त्रिशूलले घोपेपछि ऊ झन् छटपटाउन थाली । त्यसपछि फेरि घनले टाउकोमा हानें ।’ मन्दिरको शौचालय र गोलघरको निर्माण कार्य भइरहेकाले घनलगायतका सामान त्यहीं राखिएको र बोहराले त्यसैको प्रयोग गरेको प्रहरीको भनाइ छ ।

गत साउनमा पनि बोहराले पानीघट्टमा अर्की १३ वर्षीया बालिकालाई बलात्कार गरेको सार्वजनिक भइसकेको छ । घटनापछि मिलापत्र भएको र पुनः यो घटना पनि बाहिर आएपछि झन् तनाव हुने सोचले आफू सम्झनालाई मार्ने मनसायमा पुगेको उनले प्रहरीसमक्ष बताएका छन् । बोहराले सम्झनाको हत्या गरिसकेपछि मन्दिरभन्दा ५ मिनेट टाढा गाउँतर्फ गएर ओखर टिपेर खाएको र खोला किनारमा गएर बालुवामा सायरीसमेत लेखेको बताएका छन् ।

कसैले सोध्यो भने ‘ओखर खान गएको थिएँ’ भनेर बहाना बनाउने सोचेको उनको भनाइ छ । अन्य सबुत प्रमाणका आधारमा बोहरा नै हत्यारा हो भन्ने निष्कर्षमा प्रहरी पुगे पनि उनले अपराध स्वीकार नगरेका कारण जिल्लावासीले अनुसन्धानमा शंका गरेका थिए । मंगलबार भएको सर्वपक्षीय बैठकमा पनि उनको पोलिग्राफ र डीएनए परीक्षण गर्नुपर्ने माग उठेको थियो ।

प्रतिक्रिया दिनुहोस