दुःखद खबर,कोरोनाबाट हाडजोर्नी रोग विशेषज्ञ डाक्टरको निधन

काठमाडौ । नेपालमा पहिलो पटक कोरोनाका कारण एक चिकित्सकको निधन भएको छ । कोरोना संक्रमित भई उपचार गराइरहेका भेरी अस्पताल नेपालगन्जका वरिष्ठ चिकित्सकको निधन भएको हो । बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ्गले कोरोना संक्रमित भेरी अस्पताल नेपालगन्जका वरिष्ठ चिकित्सकको निधन भएको पुष्टि गरेका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस पोष्ट गर्दै यसको पुष्टि गरेकाछन् । उनका अनुसार कोरोना पोजेटिभ भेरी अस्पतालका वरिष्ठ चिकित्सक भेरीको आइसोलेसनमा उपचाररत रहँदा असोज १५ गते बिहीबार दिउँसो निधन भएको हो ।

कर्णाली प्रदेश अस्पताल सुर्खेतमा प्रमुख कन्सल्टेन्ट अर्थोपेडिक सर्जन, एघारौ तहमा कार्यरत डा हरि सापकोटाको कोरोनाबाट निधन भएको हो । बाकेको खजुरा निबासी ५९ बर्षिय डा सापकोटाको १५ दिन देखि भेरी अस्पताल नेपालगन्जमा उपचार भई रहेको थियो ।

भेरी अस्पतालको भेन्टिलेटरमा राखेर उपचार गरिरहेको बेला दिउँसो पौने तीन बजेतिर उनको निधन भएको हो । योसँगै एकैदिन बिहीबार कोरोनाबाट बाँकेमा निधन हुनेको संख्या तीन पुगेको छ । सामाजिक सञ्जाल प्रयोगकर्ताले श्रद्धाञ्जली दिँदा प्रयोग गरिएको तस्बिर हामीले प्रयोग गरेका हौं ।

प्रतिक्रिया दिनुहोस