नङ् टोक्ने बानीले निम्त्याउँछ यस्ता खतरनाक रोगको समस्या

कतिपय मानिसको नङ टोक्ने बानी हुन्छ । बालबालिकामा यस्तो बानी देखिनु सामान्य हो । तर, युवायुवती या पाका उमेरका मानिस नै नङ टोकीरहेका हुन्छन् ।नङ टोक्ने बानी खराब हो । त्यसैले अभिभावकहरुले बालबालिकालाई नङ टोक्नु हुँदैन भनेर सिकाउनुपर्छ ।

नङ टोक्ने बानीले विभिन्न प्रकारका संक्रमण फैलिने डर हुन्छ ।शरीरका विभिन्न अंगजस्तै नङ पनि फोहर र संक्रमण बोक्ने प्रमुख अंग हो । नङ टोक्दा निम्त्याउँन सक्ने समस्याहरुःरक्तस्राबः नङ टोक्दा नङ नजिकैको छाला बारम्बार उक्किरहन्छ। जसले गर्दा रक्तस्राब हुनुका साथै अत्यन्त दुखाइ पनि हुन्छ ।आन्द्रामा जुकाःनङ टोक्दा नङमा भएको फोहर मुख हुँदै आन्द्रामा जाने भएकाले यसको पहिलो असर आन्द्रामा पर्छ ।
नङमा भएको फोहोरको माध्यमबाट पेटमा जुका पर्न सक्ने सम्भावना रहन्छसासको गन्धः धेरै नङ टोक्ने मानिसको मुखमा ब्याक्टेरिया जम्मा हुने भएकाले सास गन्हाउने समस्या देखिन्छ । बिहान बेलुकै दाँत ब्रस गरे पनि नङ टोक्ने बानी भएका मानिसको सास गन्हाउने कारण भनेकै ब्याक्टेरियाले गर्दा हो ।मुखमा फोकायदि औँलामा मुसा छ भने, त्यो मुखभित्र या ओठमा सजिलै फैलिन सक्छ । मुखमा फोकाहरु आउन सक्छन् । मुसाको माध्यमबाट हुयमन प्यापिलोमा भाइरस सर्न सक्ने पनि चिकित्सकहरुले बताएका छन् । यो भाइरस पाठेघरको मुखको क्यान्सरको कारक हो ।

शरीरमा केमिकलः
यदि नङ पोलिस लगाउने महिलाको नङ टोक्ने बानी छ भने, पोलिसमा भएका विभिन्न केमिकल शरीरभित्र प्रवेश गर्ने खतरा रहन्छ । अनावश्यक केमिकलका कारण विभिन्न समस्या आउन सक्छन् ।

नङ बांगिनेः बारम्बार नङ टोक्ने मानिसको नङको स्वरुप फेरिन सक्छ । नङ बांगिने हुन सक्छ । नङ टोक्ने मानिसको नङ बांगिने समस्या टोक्न छोडेपछि हट्ने भए पनि केहीको नङ सधैँका लागि खराब हुन सक्छ ।

छालाको सक्रमणः नङ टोक्ने मानिसलाई पारोनाइसिया नामक छालाको संक्रमण हुन्छ ।

यो संक्रमणले नङ वरपरको छालालाई असर गर्छ । नङ रातो हुने र नङ वरपरको मासु सुन्निने खतरा हुन्छ ।ब्याक्टेरियाको संक्रमणः सन् २००७ को एक अध्ययन अनुसार नङ टोक्ने मानिसको मुखमा नटोक्ने मानिसको मुखमाभन्दा धेरै ब्याक्टेरिया हुन्छ । यस्तै हैँजा–पखालाजस्ता संक्रमण फैल्याउने इकोलाइ भाइसर नङबाट सर्नसक्ने सम्भावना हुन्छ ।

प्रतिक्रिया दिनुहोस