पाथीभरा माता लाई स्वच्छ मनले दर्सन गर्दै आजको राशिफल पढ्नु होस तपाईंको आजको दिन सुखद बित्ने छ ।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) आत्मबिश्वास बढ्ने हुनाले गाह्रो कामहरु पनि सहजै सम्पादन गर्न सकिनेछ । व्यावसाय फस्टाएर जानेछ भने व्यावसायमा लगानि बढाउदा भनेजस्तो आम्दानि हुनेछ । नीति नियम तथा कानुन अनुसार हुने फैसला तपाईकै पक्षमा हुनेछन् । पढाई लेखाई तथा प्रतिष्पर्धामा तपाईकै नाम अग्र स्थानमा आउनेछ । माया प्रेममा रमाउन चाहनेहरुका लागि समय फलदायि रहनेछ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) व्यापारमा लगानि बढाउने बाध्यात्मक परिस्थिति आएपनि समय मध्ययम रहेकोले ध्यान दिनु जरुरी छ । बिदेशबाट आयातित सामानको व्यापार फस्टाउनेछ भने स्वदेशमा उत्पादित सामानहरुले बजार पाउने सम्भावना कम रहेकोछ । खोज तथा अनुशन्धानमा लाग्ने बिद्यार्थीहरुका लागि समयले भनेजस्तो नतिजा ल्याउने सम्भावना कम रहेकोछ । पहिलानै फिक्स भएको प्र्रीय पात्र सँगको भेट नहुने हुँदा मन खिन्न हुनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) मनपरेको मानिसबाट चिट्ठा तथा उपाहार पाईने हुँदा मन प्रफुल्लित हुनेछ । आफन्त तथा अग्रजबाट काममा सहयोग तथा उचित सल्लाह पाईनेछ । तरल पदार्थ तथा खनिज पदार्थको व्यावसाय फस्टाएर जानेछ भने आर्थिक अवस्था सुदृड हुनेछ । पढाई लेखाईमा भनेजस्तो सफलता प्राप्त हुनेछ । प्रणय सम्बन्धलाई बिवाहमा परिणत गर्नको लागि आफन्तबाट आवश्यक कामहरु हुनेछन् ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) पैत्रिक कामबाट मनग्गे लाभ लिन सकिने तथा पैत्रिक सम्पतिको प्रयोग गरि आर्थिक रुपमा सम्पन्न हुने योग रहेकोछ । नया काम पाउने तथा नोकरिमा उच्च पद प्राप्तीको गतिलो सम्भावना रहेकोछ । लक्ष्य प्राप्तीको लागि चालिने पाईलाहरु सकारात्मक दिशामा अगाडि बढ्नेछन् । पढाई लेखाई अरुभन्दा एक कदम अगाडि नतिजा ल्याउन सकिनेछ । प्रेममा नजिक हुने समय रहेकोछ ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) सामाजिक काम गरि समाजमा नाम तथा दाम दुवै कमाउन सकिनेछ । पढाई लेखाईमा सुधार भएर जाने तथा आफन्तहरुलाई खुसि पार्न सकिनेछ । आफ्नो रितिरिवाज जोगाउने काममा समय खर्च हुनेछ भने तिर्थ यात्राको प्रसस्त सम्भावना रहेकोछ । व्यापार व्यावसायमा लगानि बढाई प्रसस्त नाँफा कमाउने समय रहेको छ । प्रेम प्रशङगमा रमाउन चाहनेहरुका लागि दिन उत्तम रहेकोछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) खोज तथा अनुशन्धानको क्षेत्रमा अलि बढि समय खर्चिय सकारात्मक नतिजा हात लाग्नेछ भने अध्यानमा प्रगति भएर जानेछ । धार्मिक प्रतिष्ठान तथा मन्दिर तिरको यात्राको तय गर्न सकिनेछ । सरकारि तथा प्रशासनिक काममा कमजोर उपश्थिती रहनेछ । परिवारजनको असहयोगले नयाँ योजनाहरु थाति रहनेछन् । लामो दरिको शैक्षिक तथा धार्मिक यात्राको तय गर्न सकिनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) एकल तथा साझेदारि व्यापार व्यावसायमा लगानि गरि प्रशस्त नाफा कमाउन सकिनेछ । पढाई लेखाईमा भनेजस्तो नतिजा हात लाग्ने हुनाले आफन्त तथा अग्रजहरु खुसि रहनेछन् । पारिवारिक यात्राका क्रममा स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने पति पत्निबिच मायाको डोरो कसिलो हुनेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) व्यवसायमा लगानि बढाउदा मनग्गे लाभ हुनेछ । प्रतिष्ठित व्याक्तिसँग प्रतिष्पर्धा गर्नु परेपनि अन्तत तपाईकै पक्षमा नतिजा आउदा मन खुसि हुनेछ । पढन पाढनमा अलि मन नजादा गृह कार्यहरु समयमा सकाउन मुस्किल पर्नेछ । रमाईलो यात्रा हुनेछ भने आफन्त तथा शुभचिन्तकसँगको भेटले उत्साह जगाउनेछ । प्रणय सम्बन्धमा बिश्वास बढेर जाने तथा बिबाह मार्फत सम्बन्धलाई लामो समय सम्म टिकाउन सकिनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) आफ्नो ज्ञानलाई सहि समयमा प्रयोग गर्न सकिने हुदा चुनौति पन्छाएर काम बनाउन सकिनेछ । बौद्धिकताको प्रतिष्पर्धामा तपाईकै जित हुनेछ भने भनेजस्तो पारिश्रमिक पाउदा मन प्रफुल्लित हुनेछ । मन परेको मानिसबाट उपाहार तथा भौतिक सम्पति पाउने योग रहेकोछ । बैक तथा बित्तिय क्षेत्रसँग पेशाबाट भनेजस्तो लाभ लिन सकिनेछ । सन्तान तथा छोराछोरीको सहयोगले राम्रा काम गर्न सकिनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)आमा,आफन्त तथा सहयोगीबाट भनेजस्तो सपोर्ट पाईने हुँदा मन प्रशन्न रहनेछ । घर जग्गा तथा सवारि साधन जोड्न सकिनेछ । समाजमा जनताको काम गर्दा पद प्रतिष्ठा कमाउन सकिनेछ । कृषि तथा पशुपालन व्यावसायबाट राम्रो आम्दानि हुनेछ । जीवन साथिले हर क्षेत्रमा सहयोग गर्ने तथा माया प्रेममा नजिक भई आफ्ना भावना साटासाट गर्न सकिनेछ । अध्ययनमा अलि बढि समय दिन सक्दा प्रगति गर्न सकिनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) छोटो तथा रमाईलो यात्राको तय हुनेछ भने यात्राका क्रममा रमाईला तथा मन मिल्ने साथिभाईहरु भेटिनेछन् । प्रणय सम्बन्धमा सुधार हुनेछ भने एक अर्काको सहयोगले खोजमुलक बिषयमा मन जानेछ । आम्दानि बढाउन गरिने कामहरु समयमा नै सम्पन्न गरि आर्थिक स्थिति मजभुत पार्न सकिनेछ । दाजुभाईको सहयोगले राम्रा तथा परिणाम मुखि कामगर्न सकिनेछ । बिवादित बिषयहरु तपाईकै पक्षमा आउने हुँदा मन प्रशन्न रहनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) साहित्य तथा कलाकारिता क्षेत्रमा समय खर्चिदै हुनुहुन्छ भने मनग्गे आम्दानि हुनेछ । बोलेर गर्ने कुनै पनि पेशा व्यावसाय फस्टाएर जानेछ भने काउन्सेलिङ,मोटिभेसन जस्ता क्रियाकलापमा भाग लिन तारिफ योग्ग प्रस्तुति दिन सकिनेछ । कुुटुम्ब,आफन्त तथा नजिकका मानिससँग भेट भई पारिवारिक माहोलामा मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । प्रेममा नजिक भई भावना साटासाट गर्न सकिनेछ ।

तपाईको दिन शुभ रहोस् ।
ज्योतिषि गणेश काफ्ले ।

प्रतिक्रिया दिनुहोस