१४ दिनको बसाई पछि सन्तोष आफ्नो कोरोना नेगेटिभ रिपोर्ट हातमा लिएर कोभिड अस्पतालको रिसेप्शनमा उभिइ रहेको थियो ।
वरपर केही ब्यक्तिहरु ताली बजाउदै थिए र उसलाई बधाई दिई रहेका थिए ।
एउटा लडाइ त उसले जितेर आएको थियो तर सन्तोष को अनुहारमा निराशपनको गहिरो छाँया थियो ।
घर फर्किने क्रममा बाटोभरी गाडीमा उसलाई याद आइरहेको थियो । आइसोलेशन नामक एक खतरनाक ठाउँको एक उज्यालो बिहिन न्यूनतम सुबिधाहरु भएको एउटा सानो कोठा।
मनोरञ्जन’को कुनै पनि साधन उपलब्ध नभएको यो सबै थियो त्यहाँ जहाँ उ आइसोलेशमा बसेको थियो ।
कोहि कुरा पनि गर्दैनन् थिए, न नै नजिक आउने गर्थे , खाना पनि सबै आइटम प्लेटमा भरेर आफू बसेको कोठामा आइ हुत्याइ दिन्थे । कसरी बित्यो त्यो कष्टकर १४ दिन उसैलाई मात्र थाहा थियो। ..
बस.. मनमा केहि ठोस सोच, अनि उसको अनुहारमा सन्तुष्टि ले भरिएको थियो ।
घर पुग्ने बित्तिकै स्वागतको लागि उभिएकी उत्साहित श्रीमती छोराछोरिलाई वास्ता नगरी सन्तोष सिधै घरको कुनाको कोठामा पुग्यो ।
जहाँ उसको बृद्ध आमा बस्ने गर्थिन। आमाको खुट्टा पक्डिएर उ खुब रुन थाल्यो र उनलाई लिएर बाहिर दल्यानमा आयो र खाटमा आमालाई बसाल्यो । बुबाको मृत्यु पश्चात ३ बर्ष अगाडि देखिको एक्लोपन आजभोलिको भाषामा भन्नुपर्दा आइसोलेशन भोगी रहेकी थिइन् आमाले ।
श्रीमतिले यस्तो देखेपछि छक्क पर्दै भनिन: यो के गर्दै हुनुहुन्छ तपाईं, थाहा छैन हाम्रो status बिपरित सेतो कपडामा न बोल्नेको सोमत छ, न त खाने पिउनेको ढंग नै छ । उनलाई फर्काएर उनैको कोठामा छाडेर आउनुहोस् ।
सन्तोष ले भन्यो: आजबाट आमा हामी सबैको साथ हामी बिच बस्नुहुन्छ । आज मलाई थाहा भयो कि एक्लोपन के हो भनेर जब बोल्ने र हाँस्ने खाने समय , कोहि हाम्रो नजिक हुँदैनन् । आइसोलेशन यस बिरामिले त मलाई १४ दिनको एकान्तबास दियो र म यो १४ दिनहरुमा कसरी बसे,कसरी बाँचे, उफ धेरै भयानक हुन्छ आफ्नो मान्छे बिना बाच्न गार्हो छ ।
मेरो त बाध्यता थियो आइसोलेशनमा बस्ने, तर आमा उनलाई के कुराको सजाय दिई रहेका छौ हामी छोरा बुहारीले।