साताको पहिलो दिन सुनचाँदीको मुल्य बढ्यो

ताको पहिलो दिन आज (आइतबार) सुनचाँदीको मुल्य अघिल्लो दिनको तुलनामा केही बढेको छ ।

शुक्रबार ९४ हजार ३ सय मा कारोबार भएको सुनको मुल्य आज तोलामा २ सय रुपैंयाले बढेको हो । नेपाली बजारमा शनिबारको दिन सुनचाँदीको मुल्य निर्धारण नहुने भएकाले शुक्रबार नै कायम गरिएको मुल्यमा शनिबार विक्रिवितरण हुँदै आइरहेको छ ।

आज छापावाल सुन तोलाको ९४ हजार ५ सय र तेजावी सुन ९४ हजार मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

सुनको मुल्य बढ्दा चाँदीको मुल्य पनि सामान्य उकालो लागेको छ । अघिल्लो दिनको तुलनामा चाँदीको मुल्य तोलामा ५ रुपैंया बढेर ११ सय ८० मा कारोबार भैरहेको महासङ्घले जनाएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र प्रथम महिला मेलानिया ट्रम्पलाई कोरोना पुष्टि भएपछि विश्वबजारमा शेयरको मुल्यमा गिरावट आएको छ ।

विभिन्न देशहरुमा शेयर बजारमा गिरावट आउन थालेपछि मानिसहरु सुनमा आर्कर्षित हुनै भन्दै सुनको मुल्य बढ्नसक्ने आँकलन गरिएतापनि सुनको मुल्य खासै बढेको छैन ।

प्रतिक्रिया दिनुहोस