यूरोप छिर्ने चाहानाले सुटकेशमा लुकेकी किशोरीको बोर्डरमा भयो यस्तो हालत

एजेन्सी । यूरोप अमेरिका जान मानिसले के सम्म गदैनन् ? ज्यानको बाजी नै लगाएर भए पनि किशोर किशोरीहरु यूरोप छिर्न चाहान्छन् ।

यसैबिच एक १९ वर्षे किशोरीलाई सुटकेसभित्र बन्द गरी युरोपेली मुलुक स्पेन छिराउन लागिएको अवस्थामा मोरक्कोकी एक १९ वर्षकी किशोरीलाई पक्राउ गरिएको मिरर अनलाइनले लखेको छ ।

स्पेनको सीमा क्षेत्रको प्रहरीलाई सुटकेटको वजन शंका लाग्यो तब प्रहरीले उनलाई सुटकेशबाट निकालेका थिए ।

यो वर्षको सुरुमा ११ सय भन्दा धेरै अफ्रिकी आप्रवासीहरु स्पेनको सीमाक्षेत्रमा घुस्ने असफल प्रयास गरेका थिए । तीमध्ये दुई जनालाई मात्र स्पेन सरकारले उपचारका लागि स्पेन छिर्ने अनुमति दिएको थियो ।

प्रतिक्रिया दिनुहोस