मन्डपमा ७ फेरो लगाएपछि अचानक बाथरुममा गएकी बेहुलीले यस्तो हर्कत गरेपछि…

भारतको मध्य प्रदेशमा विवाहको लागि मन्डपमा बसेकी बेहुली एकाएक हराइन् । उनी मण्डपमा दुलाहासँग सात फेरो लगाइसकेपछि हराएकी थिइन् । बाथरुम जाने बहानामा उठेर गएकी दुलही हराएकी हुन् । धेरै बेरसम्म केटी फर्केर नआएपछि पिताले प्रहरीमा उजुरी दिएका थिए ।

उजुरी दिएपछि प्रहरीले खोजी गर्न थाल्यो तर केटी प्रहरीकोमा पुगिसकेकी थिइन् । दुलही आफ्नो प्रेमीको साथमा त्यही समयमा प्रहरीको शरणमा पुगेकी थिइन् । रिपोर्ट लेखाउन पुगेकी दुलहीले प्रहरीकोमा पुगेर उनले आफ्नो विवाह अर्कै केटासँग तय भएको बताएकी छिन् । अर्कै केटासँग टिकाटालो पनि भइसकेको खुलासा गरेकी थिइन् । तर फेरी केही कुरालाई लिएर केटासँग सम्बन्ध बिग्रिएको थियो, तर त्यतिबेला सम्म केटा र केटीबीच माया बसेको थियो ।

२२ वर्षकी केटीको टीकाटालो पहिले अंडवाको केटासँग भएको थियो । केटा सवारी चालक थिए । तर, उनीसँगको सम्बन्ध बिग्रिएपछि केटीको घर पक्षले अर्कै केटासँग विवाह तय गरे र विवाह गर्न लागेका थिए । जसको कारण केटी सात फेरो लगाएर भागिन् । केटी यो विवाहबाट खुशी थिइनन्, त्यो भन्दा अगाडीका केटासँग उनको माया बसिसकेको थियो । घरपरिवारको नाता टुटेपनि उनीहरुको नाता टुटेको थिएन् । दुवैजनाले विवाह गर्न चाहान्थे । एजेन्सी

प्रतिक्रिया दिनुहोस