टिकटकबाट चर्चामा आएका जुम्ल्याहा दिदीबहिनी प्रिन्सी र प्रिज्मा खतिवडाको आज जन्मदिन

काठमाडौँ । टिकटकबाट चर्चामा आएका जुम्ल्याहा दिदीबहिनी प्रिन्सी र प्रिज्मा खतिवडाको आज जन्मदिन परेको छ । जन्मदिनको अवसरमा विबाहनैदेखि यि सुन्दरी दिदी बहिनीलाई शुभकामनाको ओइरो लागेको छ ।

जन्मदिनकोअवसरमा प्रिज्मा र प्रिन्सीले २ दिन अघि मात्रै रिलिज भएको आफ्नो माया गर्छु है बोलको गीतमा समेटिएको एउटा दृश्य बन्दुक ताक्ने र बन्दुकको गोलि खाने हामी दुबैजनालाई जन्मदिनको शुभकामना भनेर आफ्नो फेसबुक पेजमा स्टाटस लेख्दै आफ्नो गीतको पनि प्रचार गर्न भ्याएका छन् ।

सार्वजनिक गीतमा प्रिज्मा प्रिन्सीका अलावा पछिल्लो पुस्ताका लोकप्रिय अभिनेता नाजिर हुसेनको पनि अभिनय रहेको छ ।शनिबार सार्वजनिक गरिएको भिडियो यो समचार तयार पार्दासम्म २ लाख १५ हजार बढीले हेरिसकेका छन् । गायिका बिन्दु परियारको स्वर रहेको ‘माया गर्छु है’ मा एकनारायण भन्डारीको शब्द र सुदिप सागरको संगीत रहेको छ । भिडियोको निर्देशन सान थापाले गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस