३० वर्षपछिको गर्भधारण महिला र शिशुका लागि यसकारण छ खतरा

काठमाडौ । नेपालमा धेरै उमेर नपुगी आमा बन्नेहरुको संख्या उच्च छ । त्यसो त पछिल्लो समय सहरमा ढिला बिबाह गर्ने र ढिला बच्चा जन्माउने ट्रेण्ड नै बसेको छ । तर यसले त्यस्ता महिलाहरुका लागि खतरा निम्त्याउँछ । तपाईलाई बताउ की २५ वर्षको उमेरमा गर्भवती हुँदा सजिलो मात्र हुँदैन, आमा र शिशु दुबैका लागि सुरक्षित पनि हुन्छ ।

तर, आजभोली प्रायः महिला अध्ययन र करिअरको पछाडि लाग्दा ३५ वर्ष पुगेपछि मात्र बच्चा जन्माउने सोच बनाउँछन् । अर्थात् सन्तान भन्दा करिअर र रोजगारीलाई प्राथमिकतामा राख्ने प्रबृत्ति बढ्दो छ । काबु बाहिरको परिस्थितिका कारण पनि कतिपय दम्पत्तीको ढिलो सन्तान हुने गरेको हुन्छ । विज्ञहरुका अनुसार सन्तान जन्माउन ढिलाईको अर्थ आमा र शिशु दुबैको स्वास्थ्यमा थप समस्या र संकट ल्याउनु हो ।

बच्चा जन्माउदा ढिलाई गर्नु यसकारण अस्वथ छनौट होः उमेर बढ्दै जाँदा उर्वरता घट्छतपाईँको उमेर बढ्दै जाँदा महिलाको ओभरीमा हुने अण्डा क्रमशः घट्दै जान्छ । यसको अर्थ तपाईँले गर्भाधारण गर्न जति ढिलाई गर्नुहुन्छ, त्यति नै तपाईले आफूलाई बाभोपन तर्फ धकेलिरहनु भएको छ । महिलाले ३० वर्ष पुगेपछि कम अण्डा निस्कासन गर्ने भएकोले गर्भधारण गर्न कठिन हुन्छ । यतिबेला जतिसुकै असुरक्षित सम्बन्ध कायम गरेपनि महिला प्रजनन कोषमा फर्टिलाइजेसन हुने सम्भावना न्यून हुन्छ ।

यसबाहेक उमेर बढेसँगै अन्डलाई अन्डासयबाट बच्चादानीसम्म पुयाउने ट्युबहरुसमेत साँघुरा र कतिपय अवस्थामा बन्द हुने गर्छ । जसका कारण जतिसुकै प्रयत्न गरे पनि गर्भाधारण हुँदैन ।अपांंगताको खतराविज्ञानको चमत्कार र स्वास्थ्य क्षेत्रमा भएको प्रगतिसँगै गर्भधारण गर्न उमेरको तगारो विस्तारै हटेपनि ३५ वर्ष पुगेपछि जन्माएको सन्तानमा अपांगता लगायत विभिन्न समस्याहरु देखिन्छन् ।असामान्य क्रोमोजोमका कारण ३० वर्षको उमेरमा बच्चा जन्माउदा १ हजार शिशुमा हरेक १ एउटा शिशु जन्मदै सुस्त मनस्थिति हुने गर्छन् ।

त्यस्तै, चालिस वर्ष सो भन्दा बढी उमेरमा सन्तान जन्माउदा १ सय जनामध्ये एक जनामा डाउन सिन्ड्रोम समस्या देखिन्छ ।तसर्थ बच्चाहरु लुलो लंगडो, अपांग, सुस्त मनस्थित लगायतका अधिकांश समस्या पाको उमेरमा सन्तान उत्पादनको उपज हो ।३० वर्षपछि पहिलो गर्भाधारण हुँदा विग्रिने वा पेटमा नै बच्चाको मृत्यु हुने खतरा हुन्छ । तसर्थ आफू र आफ्नो परिबारको स्वास्थ्य भन्दा ठूलो करिअर र पढाई हुन सक्दैन ।

प्रतिक्रिया दिनुहोस